म्याग्देली चेली गायिका माया पुनको आवाजमा नयाँ गीत ‘नेपालकी छोरी’ बजारमा आएको छ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी, पुनहिल आसपासका क्षेत्रहरुलाई प्राथमिकता दिएर छायाङ्कन गरिएको गीतमा लोकप्रिय नायिका केकी अधिकारीले अभिनय गरेकी छन् । बिभिन्न रमणिय स्थलमा छायंकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गदैं विश्वमै घुम्नै पर्ने पर्यटकीयस्थल पुनहिलको परिचय झल्कने शब्द र संगीत रहेको गायिका पुनले बताउनुभयो । म्यूजिक भिडियोमा अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् भने मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको थियो ।

शब्द रचना गर्ने जंगबहादुर पुनका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको बताउनुभयो । ‘म्यूजिक भिडियोबाट पनि चर्चित पर्यटकीयस्थललाई चिनाउने प्रयासमा छौ,‘पुनहिलको सुन्दरतालाई गीतसंगीतमा जोड्ने प्रयासलाई निरन्तरता दिन्छौ’ पुनले भन्नुभयो ।

भिडियोमा सरोज अधिकारीको छायंकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङ घर भई हाल पोखरामा बस्ने गायिका मायाँ पुनले यसअगाडी पनि धेरै गीतहरु बजारमा ल्याउनुभएको छ ।

Leave a Reply