---Advertisement---

मंगलालाई ब्यवसायीको राहत साम्रागी सहयोग

By केशब कँडेल\बावियाचौर
On: December 15, 2022 12:35 PM
Follow Us:

म्याग्दी उद्योग वाणिज्य संघ र मंगला इकाईले कोराना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणको अभियानसँगै विपन्नलाई राहत वितरण गर्न मंगला गाउँपालिकालाई राहत साम्रागी हस्तान्तरण गरेको छ। मंगलबार बावियाचौरमा आयोजित कार्यक्रममा म्याग्दी उवासंघबाट २० हजार र मंगला इकाईबाट ४५ हजार ७८० रुपैयाँ बराबरको सहयोग इकाई सभापति होमनाथ पाण्डेले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई हस्तान्तरण गर्नुभएको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले कोरोना बिरुद्धको अभियानका सरकारी प्रयासले मात्रै सम्भव नभएकाले सबै क्षेत्रबाट सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो । सोही अवसरमा इकाई सभापति पाण्डेले गाउँपालिका भित्रका गतिविधिमा साथ दिने प्रतिबद्धता ब्यक्त गदैं कोरोनाको लकडाउन पालना गर्न ब्यवसायीलाई समेत निर्देशन दिनुभएको थियो ।

केशब कँडेल\बावियाचौर