धन्यवाद तिनिहरूलाई जस्ले गाउँवाहिर वस्नेको भावना वुझ्न सकेनन्

0

हरिप्रसाद पौडेल/ यो एक्काइसौ शताब्दिको दुनिया हरेक तवरवाट इण्टेलिजेन्स् छ । विश्वमा भएका नविनतम प्रयोगहरु केही सेकेण्डमा सामाजिक सञ्जालको माध्यमवाट हरेक ब्यक्तिको पहुँचमा पुग्छ । सामाजिक सञ्जालको प्रयोगको कारणवाट इन्टेलिजेन्स्हरुले आफ्ना दैनिक काममा सहयोग लिइरहेका समेत छन्।

समाजिक सञ्जालको प्रयोग गरेर आ–आफ्ना भावनाहरु ब्यक्त गरिहेका छन् यो सहज वनेकको छ की दुइजना विचमा आफ्ना भावनाहरु ब्यक्त गर्न नसक्नेहरु समेत सामाजिक सञ्जालको प्रयोगवाट निर्धक्क आफ्ना भावनाहरु जे मन्लाग्दी ढंगवाट प्रेशित गरीरहेका छन् ।

मानौ सवैजना वैज्ञानिक, सवैजना, प्रोफेसर, सवैजना विषयविज्ञ, यो कोरोना सन्त्रास छाइरहेको वखत त झन सवैजना डाक्टर, मनोचिकित्सक वनिरहेका छन् ।

संसारका सवै वस्तुको प्रयोगका आ–आफ्नै निति विधिहरु निर्माण भएका छन् । सवैलाई आ–आफ्नै तरीकामा प्रयोग नगरी गलत प्रयोग गरीयो भने त्यसवाट परीणाम पनी गलत नै निस्कन्छ भन्ने तथ्य सवैलाई जानाकारीनै छ ।

प्रयोग त गलत तरीकाले पनी गर्न सकिन्छ तर त्यो प्रयोगले परीणाम के निस्कन्छ भन्ने विषय महत्वपुर्ण हो । यस्तै गरी समाज सञ्चालनका पनी आफ्नै सिद्धान्तहरु छन्, समाज सञ्चालन गर्न गलत अभ्यास सुरु गरीयो भने त्यो अभ्यासले समाजलाई गलत दिशातर्फ डो¥याउछ नै ।

सानो उदाहरण मैले जुनसुकै वेला दिने गरेको छु मानौ एकजना वयस्क पुरुष का नजिकमा उस्को आमा, उस्को श्रीमती र उसको छोरी हुन सक्छ ति तिनवटै देविहरु महिला हुन भने उ एउटा ब्यक्ति पुरुष हो, त्यस पुरुषले ति तिनजना देवीहरुलाई हेर्ने दृष्टीकोण कस्तो वनाउछ भन्ने कुराले समाज कसरी चलेको छ भन्ने कुराको प्रतिनिधित्व गरेको हुन्छ । त्यस पुरुषले ति तिनैजना महिलालाई एकै प्रकृतिको आचरण, ब्यवहार र दृष्टीकोण राख्यो भने समाज सभ्य र संस्कारी वन्न सक्दैन यो कुराको हेक्का हुनुनै समाज हो ।

त्यसैले हरेक वस्तुको पद्धतिको प्रयोग पद्धति संगत हुनुपर्छ अन्यथा त्यसले दिने परिणाम उल्टो आउछ ।

मैले यस लेखमा उठाउन खोजेको कुरा अलि फरक छ । यो समय कोरोना संक्रमणले विश्व आक्रान्त वनेको समय हो । विश्वनै आतंकीत वनाउने गरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण (कोभिड–१९ले आतंक मच्चाइरहेको अवस्थामा नेपाल सरकारले समेत विभिन्न उपायहरु अवलम्वन गरेको छ ।

आजैमात्र दोस्रोपटक लकडाउनको समय अवधि थप्दै २०७६ चैत्र ११ गतेवाट गरेको लकडाउनलाई वढाएर २०७७ वैषाख ३ गतेको राती ००ः०० सम्मलाई थपेको छ भने जो जहाँ जहाँ छन् त्यही वसेर सुरक्षित हुन आव्हान गरेको छ ।

यस कारण वजार सुनसान वनेको छ भने गाऊँ केही चलायमान देखिएको छ, विदेशवाट फर्केकाहरु, नानीवावु पढाउन वजार झरेकाहरु तथा सामान्य ब्यवसाय सञ्चालन गरेर वजार वसेकाहरु सवै गाउँतीरनै फर्केको हुँदा गाऊँ वढी जोखीममा छ थप सतर्कता अपनाउनुपर्छ भनेर एउटा लेख सार्वजनीक गरेको समेत म स्मरण गराउन चाहन्छु ।

तर यस लेखमा थोरै फरक प्रसंग उठाउन खोजेको छु, त्यो के हो भने सामाजिक सञ्जालको प्रयोग गर्दै केही आफुलाई वुद्धिजिवी मान्ने, प्रवुद्ध भनिने यक्तिहरुले नै गाउँवाट विभिन्न कामको शिलसिलामा वजार झरेकाहरुको मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा आफ्ना भनाइहरु राख्ने गरेको देखिएको छ ।

वाध्यताले वजारलाई कर्मथलो वनाएका गाउलेहरु भुकम्प वा कोरोना वा अन्य कारणले सेल्टरको लागी फर्केर गाऊँ जादा वस्नखान भएन र फर्केर आयौ ?, वजार झरेकाहरु गाउले लाई हेप्थ्यौ नि किन गाऊँ उक्ल्यौ त ? गाउलेलाई पाखे भन्थ्यौ नि फेरी किन पाखेहरुसंगै सरण माग्न आयौ त ? यस्ता यस्ता शब्दहरुले घोच्ने गरेको पाइएको छ । गाउवाट वजार झरेकाहरु ले वजारलाई आफ्नो भन्ने हिम्मत राख्दैनन् भने गाउले हाम्रो भन्दैन त्यस अवस्थामा रहेका हुन्छन् ।

एउटा सानो उदाहरण पेश गर्न चाहन्छु सायद २०६१–०६२ तिर होला मेरो संस्था मार्फत एउटा स्वास्थ्यको परीयोजना सञ्चालन भएको थियो दर्वाङ्ग देखी माथि गुर्जा सम्म र त्यस कार्यक्रम मार्फत हामिले प्रजनन स्वास्थ्यमा सुधारको कार्यक्रम सञ्चालन गथ्यौं, दर्वाङ्गमा रहेको प्रा.स्वा.के.लाई वर्थिङ्गसेण्टर वानाउने कार्यक्रमको योजना थियो तर दर्वाङ्गमा अध्ययन गर्दा सामाजिक सहयोग नपाइने देखियो किनभने दर्वाङ्ग वजारका स्थानिय वासिन्दाहरु को त्याहा न्यून वसाई रहने र ब्यवसाय गरेर वसेकाहरुले दर्वाङ्गलाई हाम्रो हो नभन्ने गरेको कारण हामीले त्यो कार्यक्रमनै ताकमको स्वास्थ्य चौकीमा स्थानान्तरण गरेर ताकमलाई म्याग्दीको पहिलो वर्थिङ्गसेण्टर वनाएका थियौं । यहाँ जोड्न खोजेको कुरा के हो भने जहाँ वसेपनी आफ्नो जन्मथलोलाई कसैले मायाँ मार्न सक्दैन ।

वजार र गाउँको सम्वन्ध भनेको नङ्ग र मासुको हुन्छ भन्नेकुरा किन वुझ्न नसकेको ? वजार भनेको विनियमय स्थल हो, कुनैपनी वजारमा स्थानिय वासिन्दा को उपस्थिती एकदमै न्यून रहेको हुन्छ । वजारमा रहने हरेक मान्छेको भुमिका दोहोरो हुन्छ एकजना चेलीको जस्तो जस्ले जन्मघर र कर्मघरको दोहोरो भुमिका निर्वाह गरीरहेकी हुन्छीन ।

वजार मा वस्ने हरेक ब्यक्तिले आफ्नो जन्मघरलाई कहिल्यै विर्षन सक्दैन भने वजार विनिमय स्थल भएकोले गाउँमा वस्ने हरेक मानिसको वजार नझरीकन चुलो कम्प्लिट हुदैन यो वुझ्न किन कठिनाई भयो मैले वुझ्न सकीन ।

वजार झरेकाहरु पात्तिएर झरेका होइनन् र गाउँवसेकाहरु सर्वशक्तिमान हुन सकदैनन् भन्ने कुरा ति वौद्धिक वुद्दुहरुले किन वुझ्न नसकेको ? त्यसैले गाऊँ र वजारलाई दुरी वनाउने काम वन्द गरौं की यो समय विश्व भ्रमण गर्ने र आफ्नो जन्मस्थानमा आएर विश्राम लिने समय भएकोले भन्न चाहन्छु धन्यवाद तिनिहरु जस्ले गाउँवाहिर वस्नेहरुको भावना वुझ्न सकेनन् ।।

Leave a Reply