SONY DSC

कार्तिकको अन्तिम साता मुस्ताङका विभिन्न गाउँबाट जाडो छल्न र घुम्ती व्यापार गर्न देशका विभिन्न ठाउँमा झरेका मुस्ताङीहरु देशमा जारी लकडाउनका कारण घर फर्किन नसक्दा पोखरामा अलपत्र परेका छन् ।

हिउँदमा काठमाण्डांै,पोखरा,चितवन,नेपालगञ्जदेखि भारतसम्म पुगेर व्यापार गरी गर्मी शुरु भएसंगै आफ्नो गृहजिल्ला फर्कन लागेका मुस्ताङीहरु विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोगथामका लागि सरकारले देशैभरी लकडाउन जारी गरेपछि पोखरामा नै रोकिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

‘गाउँ फर्कनका लागि पोखरा आईपुगेका झण्डै दुई सय सर्वसाधारण त्यहीँ रोकिएको जानकारी आएको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘पोखरामा आफ्नै घर भएका र आफन्त भएकाहरुलाई त ठीकै छ,आफन्त पनि नभएकालाई भने समस्या परेको छ ।’

उपल्लो मुस्ताङका स्थानीयहरु छ महिना घरमै बस्छन् भने बाँकी छ महिना चिसो छल्न बेसी झर्ने गरेका छन्। पोखरामा रोकिएकामध्ये उपल्लो मुस्ताङका धेरै छन् । उपल्लो मुस्ताङका लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरु पोखरामा रहेको प्रजिअ अर्यालले जानकारी दिए । File photo

Leave a Reply