आत्महत्या गर्न हाम फालेकी एक महिलालाई पर्वतबेनीका यूवाहरुले उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने गरेकी अन्दाजी ३२ बषीया देबी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोभिल्लाबाट कालिगण्डकी नदीमा हाम फालेकी थिईन् ।

मंगलबार साँझ करिव ६ बजेपिपलबोट यूवा क्लवका सल्लाहकार सन्दिप गुरूङ सहितको यूवाहरुले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी टंक शर्माले बेनीअनलाइनलाई बताए। ‘कालीगण्डकी नदीमा हाम फाल्नेको अवस्थामा तत्कालै यूवाहरुले उद्धार गरेका थिए,‘यूवाहरुको प्रयासले ज्यान जोगिएको छ’ शर्माले भने।

‘पटक–पटक हाम फाल्ने प्रयास गरेको याद गरिरहेको थिए, लकडाउनमा एक महिला खोलातर्फ गएपछि यूवाहरुले निगरानी गरेका थियौं’ उद्धारको नेतृत्व गरेका गुरुङले भने ।उनका अनुसार हाम फालेको करिब ५० मिटर तलबाट उद्धार गरिएको थियो। महिलालाई नदीबाट बाहिर निकाले लगत्तै प्रहरीले बेनी अस्पतालमा उपचारका लागि ल्याएको थियो। महिलाको बेनी अस्पतालको इमजेन्सीमा उपचार भइरहेको छ।

उनले किन आत्महत्याको प्रयास गरिन् भन्ने खुलेको छैन। कमजोर आर्थिक अवस्था, पारिवारिक तनाव, आर्थिक हिनामिना, वैदेशिक रोजगारबाट उब्जेका समस्या लगायतका कारणबाट पीडामा परेकाहरूका कारण आत्महत्या गर्ने गरेका छन् । पर्वतबेनीमा हालसालै स्थापना भएको क्लवका यूवाहरुले महिलालाई खोलाबाट जोगाएपछि यूवाहरुको प्रशंसा भएको छ । गतबर्ष समेत मानसिक सन्तुलन गुमाएकी एक महिला नदीमा हाम फालेकी थिईन् ।

Leave a Reply