पिस सिटीका अध्यक्ष श्रेष्ठलाई ‘लायन अफ दी मन्थ’ अवार्ड

0
200

विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी खाद्यान्न सहयोगसँगै जनचेतनामुलक कार्यक्रममा सक्रिय बेनीको लायन्स क्लव पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालबाट ‘लायन अफ दी मन्थ’ अवार्डबाट सम्मानित भएका छन् ।

कोभिड–१९ को लायन्स क्लवमै सबैभन्दा पहिलो अभियानको सुरुवात गरेका अध्यक्ष श्रेष्ठले कोरोना बिरुद्धको अभियानमा लगातार समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गरेको भन्दै डिस्ट्रिक गर्भनर इन्दु लम्सालले प्रशंसा समेत गरेकी थिईन् ।

क्लवले कोरोना बिरुद्धको अभियानमा विपन्नलाई मास्क, खाद्यान्न साम्रागी वितरण सहित जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । अध्यक्ष श्रेष्ठको अगुवाईमा विपन्न र मजदुरलाई १ लाख २३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको थियो । यता सम्मानबाट उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए । उनले क्लवमार्फत समुदायमा काम गर्दा प्राप्त सम्मानले भविस्यमा समेत थप सहज हुने बताए ।

क्लवले स्वास्थ्य शिविर, निशुल्क शिक्षा, समुदायमा बहुमुल्य जडिबुटी विस्तार, विपन्नलाई घर लगायतमा सामाजिक कार्य गदैं आइरहेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डिस्ट्रिक चिप एड्भाइजर चन्द्रकुमार केसीले क्लवले एक महिना यता निकै उत्कृष्ट काम गरेको भन्दै डिस्ट्रिकमा उच्च प्रशंसा गरिएको बताए ।