बेनी नगरपालिका-२ हाँडेभिरमा मंगलबार एउटा गाई मृत अवस्थामा भेटियो। मृत गाईको छेउमै कलिलो बाच्छा दुध खोजीरहेको थियो । मृत गाईलाई स्काभेटरले पुदैं गर्दा बेनीबजारको हुलाकचोकमा एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो।

विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द छन् ।रोगको संक्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन्। बेनीबजार तथा आसपासका चोकगल्लीहरुमा भेटिने जनावर लामो समयदेखि भोकभोकै छन्।१५ दिनसम्म भोकभोकै रहेका पशुचौपाया मर्न थालेपछि उचित ब्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षती हुनसक्ने भन्दै पशुचौपायालाई कम्तिमा दुईपटक खुवाउनुपर्ने केन्द्रले जनाएको छ । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्ने तर्फ सर्तक हुनुपर्ने केन्द्रका प्राविधिकको भनाई छ । एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम भएपनि भोकभोकै मर्न दिन नहुने भन्दै लायन्स क्लव बेनी पिस सिटीले पशुचौपायाको आहारको उचित प्रबन्ध मिलाउन प्रयास गर्ने क्लवका अध्यक्ष नरेश श्रेष्ठले बेनीअनलाइनलाई बताए ।File photo बजारमा रहेका दाना पसलबाट दाना लगायत खाद्य पदार्थको ब्यवस्थापनका लागी क्लवमा छलफल चलाउने बताए । बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर आसपासका क्षेत्रमा रहेका पशुचौपायालाई अर्को ब्यवस्थापन नभएसम्म आफ्नो घरमा फालेको खाना वा घासँ दिन समेत पशुअधिकारकर्मीले अनुरोध गरेका छन् ।

Leave a Reply