विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउनले बेनी–जोमसोम सडकखण्डमा कार्यरत मजदुरहरू लर्काे लागेर आफ्नो जन्मभूमिमा फर्कन थालेका छन्। बेनी–जोमसोम सडक र बेनी अस्पतालको भवन निर्माणमा कार्यरत मजदुरहरू हिडेरै ग्रामिण भेग हुदै घर फर्किन थालेपछि अलपत्र परेका हुन् ।

बेनी नगरपालिका–६, गुफा हुदै टोड्के, मालिकाधुरी, बिम, दरबाङ, ओखरबोट हुदै बुर्तिबाङ निस्किएर दाङ तर्फ लागेका मजदुरहरुलाई अर्थुङे सामुदायिक यूवा क्लवले अलपत्र पर्ने भन्दै रोकेर प्रशासनलाई जानकारी गराएको छ । ‘यो बोटो दाङ जिल्ला पुग्न उहाँहरुलाई करिब महिनादिन लाग्न सक्छ,‘बाटोको बारेमा समेत जानकारी नै छैन’ क्लवका अध्यक्ष नारायण पौडेलले भन्नुभयो ।

बेनी–दरबाङ सडकखण्ड हुदै जानुपर्ने मजदुरहरुले बाटो समेत पहिचान नगरी जंगलबाट हिडेर जान खोजेको अवस्थामा तत्काल प्रशासनलाई जानकारी गराइएको अध्यक्ष पौडेलले बताउनुभयो ।  करिव १५ जनाको समुहमा रहेका मजदुरमध्ये केही बृद्ध अवस्थाका भएको र खानेकुरा समेत प्रयाप्त नभएकाले अगाडी बढ्न नदिएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले मजदुरको टोलीलाई उद्धार गरेको छ ।

‘भोकभोकै बस्नुभन्दा हिडेर भएपनि घरमा पुग्ने चाहन्छौ,‘जंगलको बाटो सुरक्षित हुन्छ जस्तो लागेको छ’ छापामा भेटिएका दाङका विकास डांगीले भन्नुभयो । टोलीमा रहेका केही हिड्न नसकेपछि समस्या भएको डांगीको भनाई छ । त्यस्तै बेनी अस्पतालमा कार्यरत रोल्पाका केही मजदुरहरु बेनपा–६ छापा हुदै घरतर्फ लागेको स्थानीय यूवा अनुप बानियाँले बताउनुभयो ।

‘रोल्पा पुग्न चाहिने खाद्यान्न नै छैन्, सडकमार्गबाट प्रहरीले रोक्न सक्ने भन्दै गाउँ हुदै जान खोजजस्तो देखिन्छ’ बानियाँले भने । जिल्लाका सबैजसो स्थानीय तहले आवतजावत रोकिरहेको अवस्थामा मजदुरहरु धमाधम पैदलमार्ग हुदै गन्तब्यतर्फ फर्किन थालेपछि अलपत्र पर्न थालेका छन् ।

म्याग्दी र मुस्ताङमा रहेका ठूला विकासे योजनाहरुमा कार्यरत मजदुरलाई सम्बन्धित कम्पनीले समेत दानाबस्नको ब्यवस्थापन नगरेपछि बाध्य भएर पैदल हिडेर जान थालेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले मजदुर कार्यरत ठेकेदारलाई केही हप्ताका लागी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । ठूला आयोजनामा कार्यरत मजदुरहरु ७ दिन पैदल हिडेर समेत गन्तब्यमा पुगेका छन् । भोकभोकै बसेका मजदुरहरु गलतबाट हिडेर जान थालेपछि मानवीय क्षतीको जोखिम समेत बढेको स्थानीयको भनाई छ ।

Leave a Reply