कोरोना भाइरस (कोभिड(१९) को सम्भावित जोखिम कम गर्न सरकारले तीनसाता लामो लकडाउन गरेपछि म्याग्दीका विभिन्न आयोजनामा अलपत्र परेका मजदुर भोकभोकै लर्काे लागेर आफ्नो जन्मभूमिमा फर्कन थालेपछि बुधबार विभिन्न स्थानबाट करिब ३७ मजदुरको उद्धार गरिएको छ । जिल्लामा निर्माणाधीन बेनी-जोमसोम-कोरला सडक, बेनी अस्पतालको भवन लगायत अन्य परियोजनामा काम गर्ने मजदुर भोकभोकै लर्काे लागेर आफ्नो जन्मभूमिमा फर्कन थालेका छन्।

पश्चिम म्याग्दी हुदै रोल्पा र दाङतर्फ प्रस्थान गरेपछि स्थानीयको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा गएको टोलीले बाटोबाटै फिर्ता उद्धार गरेर आ–आफ्नो आयोजनास्थलमा छोडिएको छ । बुधबार बेनी नगरपालिका–६, गुफा हुदै मालिकाधुरीको बाटो प्रयोग गरी जन्मघर दाङ जिल्लातर्फ लागेका १४ जना र बेनी–दरबाङ हुदै रोल्पा हिडेका २३ जना मजदुरलाई उद्धार गरी सम्बन्धित ठेकेदारलाई जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।‘आफ्नो आयोजनास्थलमा रहेका मजदुरलाई अलपत्र पार्नेलाई कारवाही सुरु गरेका छौ,‘एकठाउँबाट अर्को ठाउँमा नजान मजदुरलाई समेत सचेत बनाएका छौ’ प्रनाउ कुँवरले भन्नुभयो ।उहाँका अनुसार बुधबार बेनी अस्पतालको भवनमा काम गर्ने मजदुर समेत बेनी–दरबाङ सडकखण्ड प्रयोग गरी रोल्पा जाने हिडेको अवस्थामा बेनपा–४ सिंगाबाट उद्धार गरिएको बताउनुभयो। पुरुष, महिला सहितको टोली दुई दिनलाई समेत खाना नपुग्ने गरी करिव एक सातासम्म पैदल हिडेर घरसम्म पुग्ने योजना बनाएर हिड्न थालेपछि प्रशासनले निगरानी बढाएको छ । म्याग्दीमा सडक, अस्पतालको भवन तथा विद्युत गृहमा नुवाकोट, काभ्रे, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलालीलगायत घर भएका करिब ४ सयजना मजदुर कार्यरत रहेकोमा धेरैजसोलाई आयोजनाको आग्रहअनुसार अलपत्र परेकालाई सवारीसाधनको व्यवस्था गरी घरघरमा र्पुयाइएको छ भने करिव एकसय मजदुर दुईसाता याता पैदलयात्रामार्फत घर फर्किएका छन् ।

अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन बन्द गरिएपछि बस्तीभन्दा टाढा जंगलको बाटो प्रयोग गरी दिउँसो र रातीको समयमा सडकमार्ग हुदै गन्तब्यतफ जाने गरेको मजदुरको भनाई छ । लकडाउनका कारण अलपत्र मजदुरका बारेमा प्रशासनले चासो देखाएर स्थलगत अनुगमन तथा ठेकेदारलाई समेत कानुनी कारवाहीको चेतावनी दिएपछ बाटोमा अलपत्र परेकाहरु सम्पर्कमा आउन थालेका छन्

Leave a Reply