कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको आशंकामा बेनी नगरपालिकाका एक यूवाको स्वाब परीक्षणको लागि बिहिबार पोखरा पठाइएको छ ।

रोजगारको सिलसिलामा भारतबाट आएका यूवाको कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ पोखरा पठाइएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘दुईदिन अगाडी सम्पर्कमा आएका थिए,‘उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै आइसोलेसन वार्डमा राखिएको थियो’ अध्यक्ष कटुवालले भन्नुभयो ।

बिरामीको उनको घाटी र नाकको स्वाब परीक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएको अस्पतालले जनाएको छ । बिरामीको रिपोर्ट नआएसम्म आइसोलेसन वार्डमै राखेर उपचार गरिने जनाइएको छ । म्याग्दीबाट यसअगाडी तीनवटा स्वाब परीक्षणको लागि पठाइएकोमा सबै तीनवटै नमुनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

Leave a Reply