---Advertisement---

बेनी अस्पतालमा पनि र्‍यापिड टेष्ट गरिने

On: April 9, 2020 12:46 PM
Follow Us:

बेनी अस्पतालमा पनि बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ।

छिमेकी जिल्ला बागलुङमा दुई जना संक्रमित भेटिएसँगै बेनी अस्पतालले समुदायस्तर (मास स्केल)मा गरिने टेष्टका लागी चारजना ल्याबका कर्मचारीलाई तालिममा बागलुङ पठाइको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बसेकालाई पहिलो चरणमा अस्पतालमै बोलाएर टेष्ट गरिने र प्रयाप्त किटको ब्यवस्थापन भएमा जोखिम मानिएका बिरामीलाई टेष्ट गरिने अस्पतालले जनाएको छ ।

जिल्लामा चैत्र १ गते यता विदेशबाट आएका करिब ८६ जनाको हाराहारीमा सम्पर्कमा आएका छन्। छिमेकी जिल्ला बागलुङ संक्रमणको जोखिममा परेपछि बागलुङसँग जोडिएका बस्तीहरुमा समेत कडाई गरिएको छ ।

Photo: तालिममा सहभागी हुन बागलुङ गएका बेनी अस्पतालका ल्यावका टेक्निसियनसँगै अन्य सहभागी ।