मोना कतारका अध्यक्ष तिलु शर्माले म्याग्देलीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड(१९ (कोरोना) भाइरस सङ्क्रमणबाट म्याग्देलीलाई अहिलेसम्म कुनै असर नगरेको बताएका छन् । बेनीअनलाइनसँग कोरोना प्रवास संस्करणमा कुराकानी गदैं अध्यक्ष पौडेलले उच्च सतर्कता अपनाइरहेको बताउँदै कुनै समस्या परेमा विभिन्न माध्यमबाट मोना कतारको सम्पर्कमा आउन समेत अपिल गरेका छन् । मोना आइसीका महासचिव, सचिव तथा आइसी सदस्य समेत रहेको सहज भएको बताए । शर्मासँग गरेको छोटो कुराकानी ।

दैनिक जसो धेरै सङ्क्रमित बढ्दै गएको देखिन्छ त्यहाँ रहेका म्याग्देलीको अवस्था कस्तो छ  ?
सर्व प्रथम त कतारमा रहेका नेपाली र विशेष गरी म्याग्देलीको बारेमा चासो र चिन्ता व्यक्त गर्नु भएकोमा बेनीअनलाइन,प्रति आभार व्यक्त गर्दछौ कतारमा दैनिक जसो सङ्क्रमित हुनेको सङ्ख्या बढे पनि हाल सम्म हामी सबै सुरक्षित र सङ्क्रमण रहित छौ ।

कतारमा म्याग्देली कतिको हाराहारीमा छन्, तपाईँहरूको सम्पर्कमा कति छन् त ?
ठ्याक्क यकिन डाटा मोना सँग पनि छैन तर एक वर्ष पहिले हामीले हरेक गाउँपालिका र नगरपालिकाको डाटा निकाल्ने क्रममा पाँच हजार को आसपासमा रहेको प्रारम्भिक डाटा प्राप्त भएको थियो । अहिले पनि त्यसकै आसपास हुनु होला । हामी सँग प्रत्यक्ष, सामाजिक सञ्जाल लगायतका माध्यमबाट ८० ५ भन्दा बढी सम्पर्कमा रहेका छन् ।

मुख्य गरी कुन कुन ठाउँमा म्याग्देली बस्छन्, तपाइहरूसँग सम्पर्क छ त ?
यहाँ श्रमिकहरूको मुख्य बास स्थल ,औद्योगिक क्षेत्र (सनैया) , अलखोर, होमसाइड हो भने कतारका अन्यत्र भागहरूमा पनि म्याग्देलीहरुको बसाइ रहेको छ मोना कतार सँग ८०% भन्दा बढी म्याग्देली सम्पर्कमा छन् ।

अहिलेसम्म कुनै म्याग्देलीलाई कोरोनाको संक्रमण देखिएको छ कि छैन् त ?
हाल सम्म कुनै म्याग्देली लाई पनि कोरोनाको सङ्क्रमण देखिएको छैन  सबै म्याग्देली सुरक्षित छन् अर्को कुरा मोनाले कतारले कतारमा रहेका म्याग्दी जिल्लाका गाउँपालिका र नगरपालिकाका म्याग्देलीहरु सँग समन्वय गर्न लगभग २ वर्ष पहिले देखि ग्रुप च्याट क्रियट गरेको र कतारमा रहेका म्याग्दीलेको अवस्था तथा विवरणको बारेमा ग्रुपबाट अपडेट लिई रहेको हुँदा हामी सबै सुरक्षित छौ भन्ने कुरामा विश्वस्त छौ ।

Leave a Reply