कोरोना भाइरस (कोभिड(१९) को सम्भावित जोखिम कम गर्न सरकारले तीनसाता लामो लकडाउन गरेपछि निर्माणस्थलबाट निस्किएर पैदल घरतर्फ हिडेका मजदुरलाई उद्धार गरी खाद्यान्नको ब्यवस्था मिलाइएको छ ।

म्याग्दीका विभिन्न आयोजनामा अलपत्र परेका मजदुर लर्काे लागेर आफ्नो जन्मभूमिमा फर्कन थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल प्रहरी र निर्माण ब्यवसायी संघ म्याग्दीले मजदुर कार्यरत ठेकेदार कम्पनीसँग सम्पर्क गरी निर्माणस्थलमै आवश्यक खाद्यान्न सहित राख्ने ब्यवस्था मिलाइएको हो ।

जिल्लामा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक, बेनी अस्पतालको भवनमा कार्यरत मजदुरहरु पश्चिम म्याग्दी हुदै हिडेर रोल्पा र दाङ तर्फ लागेपछि ३७ मजदुरको उद्धार गरी कम्पनीको जिम्मा लगाइएको थियो ।

निर्माणस्थलमा कार्यरत मजदुरलाई बिहिबार प्रहरी निरिक्षक धुब्रप्रसाद शर्मा र निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण जिसीले बेनी अस्पतालको कार्यक्षेत्रमै पुगेर खाद्यान्न हस्तान्तरण गदैं निर्माणस्थलबाट बाहिर नजान अनुरोध गरेका थिए । ‘जिल्लाभित्र रहेका मजदुरलाई खाद्यान्नको समस्या छैन्,‘समस्या भएमा उपलब्ध हुन्छ’ निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष जिसीले भने ।उनले भोकभोकै हिड्ने भन्दै उल्टो बाटो गन्तब्यतर्फ जाने गरिएको बताउँदै हिडेर समस्याको समाधान नहुने बताए ।

लकडाउन यता जिल्लामा कार्यरत करिव ७० प्रतिशत मजदुर घरमा पुगेका छन् । जलविद्युत, सडक, अस्पताल, बेनी तटबन्ध लगायतका परियोजनामा कार्यरत मजदुरलाई खाद्यान्न प्रयाप्त रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आफ्ना मजदुरलाई क्याम्पबाट बाहिर पठाउनेलाई प्रहरीले नियन्त्रणमा समेत लिन थालेपछि मजदुर समेत क्याम्पमै बस्न सहमत भएका छन् । कोरोनाले म्याग्दीमा ठूला परियोजनाहरु ठप्प छन्।

Leave a Reply