म्याग्दीको सदरमुकाम बेनीमा धमाधम छाडा पशुचौपाया मर्न थालेका छन् । पछिल्लो तीनदिन यता ३ वटा गाई र १ गोरु मरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसिरहेको अवस्थामा बजार आसपासका क्षेत्रमा बिना कुनै लक्षण एक्कासी मर्ने पशुचौपाया मर्न थालेपछि भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले मर्नुको कारण खोज्न थालेको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले तीनदिनमा मरेका चारवटा पशुचौपायामा करिव एकै किसिमको समस्या रहेको बताउनुभयो ।‘एक्कासी पशुचौपाया मर्नुको कारण पट्के रोग पनि हुनसक्छ,‘यहाँको ल्याव रिर्पोट सहित थप परीक्षणका लागि भोली पोखरा पठाउँछौ’ कुसुमले बेनीअनलाइनलाई भन्नुभयो। उहाँले चारवटै पशुचौपायालाई स्थलगत अध्ययनमा मरेको पशुको नाक र मलद्धारबाट बगेको रगत नजमेको देखिएको बताउनुभयो । यो सिजनमा पशुचौपायालाई यस्तो समस्या देखिने बताउँदै एन्थ्राक्स सपोर भ्यािक्सन प्रयोग गर्ने गरिएको बताउँदै पट्के रोगको आशंका गरिएका जनावरको मासु खाने मात्रै नभई सकेसम्म छुन समेत नहुने कुसुमको भनाई छ । उहाँले बजारमा रहेका केही गाई बिरामी अवस्थामा देखिएको बताउँदै रोग, प्रयाप्त खानेकुराको कमीले समेत हुनसक्ने बताउनुभयो ।

केन्द्रले बिरामी अवस्थामा भेटेका ७ वटा गाई र गोरूलाई एन्टिबायोटिक सुई समेत दिएको छ । विस्तृत ल्याब परीक्षणका लागी गण्डकी प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला पोखरामा शुक्रबार पठाउने ल्यावबाट आएको रिर्पोटको आधारमा थप औषधी गरिने बताउनुभयो ।

केही पशुचौपाया अझै मर्न सक्ने भन्दै मरेको पशुचौपायाको आसापासमा नजना केन्द्रका प्राविधिक सुवास रेग्मीले जानकारी दिनुभयो । लडडाउनको समयमा सडक आसपासमा बिरामी भएका पशुचौपाया देखेमा खवर गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।पशुचौपायामा मुख्य भ्यागुते, पट्के, टिवी.चरचरे, धनुषटंकार रोग देखिन्छन् । मरेका पशुचौपाया खाल्डोमा पुर्न अगाडी सर्वसाधारणले छुनु हुदैन् ।

लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसेको अवस्थामा छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी लायन्स क्लव बेनी पिस सिटीले समेत दानापानीको ब्यवस्थापन गरेको थियो । केही समय अगाडी भाइरस मार्न क्लोरिन समेत छर्किएको अवस्थामा पशुचौपायालाई समस्या परेको हुनसक्ने अनुमान समेत गरिएको छ । पोखराबाट शुक्रबार नै ल्याव रिर्पोट आउने भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

Leave a Reply