बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङ जिल्लाका विकास डांगी पश्चिम म्याग्दी हुदैं हिडेर घर तर्फ लागे । सवारीसाधनको प्रयोग गरी राजमार्गबाट एकैदिनमा पुगिने दाङ जिल्लामा पुग्न डांगीसँगै १२ जनाले म्याग्दी, बागलुङ लगायत विभिन्न जिल्लाको बस्ती,जंगलको बाटो प्रयोग गर्ने गरी हिडेको अवस्थामा बेनी नगरपालिका–४, सिंगाबाट उद्धार गरिएको थियो । उनलाई पश्चिम म्याग्दीबाट दाङ पुग्ने कुनै रुटको बारेमा जानकारी छैन् । करिब दुई दिनलाई बाटोमा पुग्ने खाद्यान्न लिएर उल्टो बाटो गन्तब्यतर्फ लागेका मजदुरलाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले उद्धार गरेका थिए ।

पश्चिम म्याग्दीबाट दाङ जाने बाटो नै छैन् । अन्धाधुन्ध हिडेका मजदुरले एकसातामा दाङ पुग्न सकिने बताए ।उनीहरू जस्तै बेनी अस्पतालको भवनमा कार्यरत २३ जना मजदुर टोली प्रमुख वलिलाल मगरको नेतृत्वमा जथाभावी हिडेर जाने क्रममा बेनपा–६ गुफाका यूवाहरूले रोकेर प्रहरीको जिम्मा लगाएका थिए । अहिलेसम्म प्रयोग नभएको मार्गहरूबाट गन्तब्यतर्फ लागेकाले दिउँसो हिड्न नपाइने भएकाले रातिको सयममा हिडेर घर जान लागेको बताएका थिए। ‘लकडाउन लम्बिने सूचना पाएपछि भोकभोकै भएपनि घर जान हिडेका थियौं,‘धेरै साथीहरू जंगलको बाटो प्रयोग गरी आफ्नो घरमा पुगेका छन्’ दाङका मजदुर बिरू डांगीले भने ।

उनका अनुसार शर्मा यूनाईटेडमा कार्यरत नुवाकोट, काभ्रेका यूवाहरू जंगलको बाटो हुदै करिव एक सातामा घरमा पुगेको बताए। बेनी–पोखरा राजमार्गमा रातको समयमा र दिउँसो जंगलबाट घरतर्फ गएका साथीहरू जस्तै राती सडक, दिउँसो जंगल प्रयोग गरेर जाने योजना बनाएको बताए ।

तत्कालिन माओवादीको जनयूद्धमा सहभागी भएका केही मजदुरहरूले प्रयोग गरेको घुमाउरो बाटोलाई नै लकडाउनको अवस्थामा सदुपयोग गर्न खोजिएको एक मजदुरले बताए । ‘बेनी आक्रमणमा आउनुभएका साथीको सल्लाहमा हिडेका थियौं,‘ठाउँ–ठाउँको अबरोधले अलपत्र परिनेरहेछ’ मजदुरले भने । आयोजनास्थलमा भएका धेरै साथीहरू हिडेर घरतर्फ लागेपछि मजदुर समेत लुकिछिपी हिड्ने क्रममा बाटोमै अलपत्र समेत परेका छन् । ‘पूर्वतिर जानुपर्ने मजदुरहरू पश्चिमतर्फ लागेका छन्, मजदुरलाई निर्माणस्थलमै राख्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिएका छौ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने । उनले दाङ जिल्ला भएका मजदुरहरू पश्चिम म्याग्दीको बाटो प्रयोग गरेको देखेपछि मानवीय क्षतीको जोखिमलाई समेत मध्यनजर गरी कडाई गरेको बताए ।

जिल्लाभित्र रहेका साना–ठूला आयोजनाहरूबाट प्रशासनको अनुमतिमा बसको प्रयोग गरेर समेत धेरै मजदुरहरू घरमा पुगेको बताउँदै जिल्लाभित्र रहेका मजदुरलाई प्रयाप्त खाद्यान्न साम्रागी रहेको बताए। जिल्लाभित्र सडक र जलविद्युतका आयोजनामा ठूलो संख्यामा रहेका मजदुरहरू लकडाउन अवधिको पहिलो सातामा सवारीसाधनको प्रयोग गरेर गएपनि दोस्रो सातामा प्रवेश गरेपछि हिडेर गन्तब्यतर्फ लागेका थिए ।

पुरुष कामदारसँगै महिला र पाको उमेर भएका समेत हिडेर गएका छन् । म्याग्दीमा सडक, अस्पतालको भवन तथा विद्युत गृहमा नुवाकोट, काभ्रे, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलालीलगायत घर भएका करिव ४ हजार मजदुर कार्यरत थिए । अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन बन्द गरिएपछि हिड्न थालेका थिए ।

फोटो:  पश्चिम म्याग्दी हुदै दाङ जिल्ला तर्फ लागेका मजदुरलाई प्रहरी र प्रशासनले उद्धार गरेपछि । अब म्याग्दीका आयोजनामा रहेका मजदुरलाई बाहिर जान दिनइने छैन्

Leave a Reply