लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयको खवरले काठमाण्डौ अलपत्र परेका म्याग्देली समेत उत्साहित थिए । सरकारको निर्णय गरेको करिब डेढ घण्टापछि परिवर्तन भएर काठमाण्डौमा रोकिएका म्याग्देलीलाई राहत दिने भएका छन् ।

जिल्लाको मंगला गाउँपालिका–५, अर्मन घर भई काठमाण्डौमा ब्यवसाय गर्ने बलभद्र ढकालले समस्यामा परेकाम्याग्देलीलाई खाद्यान्न, बस्ने ब्यवस्था, अस्पतालमा जान एम्बुलेन्स लगायतका आवश्यक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

लकडाउन वैशाख ३ सम्म लम्बिएपछि जिल्लाका विभिन्न स्थानबाट काठमाण्डौमै अलपत्र परेकाहरूलाई आवश्यक सहयोगको तयारी भइसकेको ढकालले बेनीअनलाइनलाई बताउनुभयो। ‘हिँडेर बेनीसम्म पुग्ने सम्भावना छैन्,‘छोटो समयका लागी आउनुभएका समस्यामा हुन सक्नुहुन्छ, उहाँहरुलाई आवश्यक सहयोग गर्न तयार छु’ढकालले भन्नुभयो।

बैदेशिर रोजगारका लागी गएका, बिरामी अवस्थामा अस्पतालमै अलपत्र परेका, उच्च शिक्षाका लागी काठमाण्डौमा रहेका तथा अन्य विभिन्न कारणले समस्यामा परेकालाई सहयोग गर्ने उहाँको भनाई छ।

यो समयमा म्याग्देलीसँग हातेमालो गर्ने ब्यवसायी ढकालको भनाई छ । आपत्कालीन अवस्थामा, विशेषगरी अस्पताल जानका लागि सवारी सेवाका लागी आफुँसँग उपलब्ध भएको सवारीसाधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने उहाँको योजना छ ।

लकडाउन टुंगिने अवस्था नदेखिएपछि समस्यामा परेकालाई उद्धार सहित सहयोगको अभियान सुरु गरेका ढकालले काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा समस्यामा परेका म्याग्देलीलाई सम्पर्कमा आउन समेत अपिल गदैं यस्तो अवस्थामा समस्यामा परेकालाई मात्रै सहयोग गर्नुपर्ने भएकाले आवश्यकता नभएकाले सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

यसअगाडी म्याग्देली विद्यार्थी मञ्चले समेत समस्यामा परेका म्याग्देली विद्यार्थीलाई सम्पर्कमा आउन अपिल गरेका थिए ।
सहयोग आवश्यकता परेमा निम्न फोन नं मा सम्पर्क गर्नुहोला
बलभद्र ढकालः ९८५१०६१०१६
फोन नं ०१-४३८६६२०

Leave a Reply