---Advertisement---

कोरोना आशंका गरिएका एक यूवाको रिपोर्ट ‘नेगेटिभ’

On: April 10, 2020 7:30 PM
Follow Us:

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा पोखरा पठाइएको स्वाब नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । रोजगारको सिलसिलामा भारतबाट आएका बेनी नगरपालिकाका एक यूवाको कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि बिहिबार ‘स्वाब’ पोखरा पठाइएकोमा रिर्पोट नेगेटिभ आएको कोभिड–१९ म्याग्दी कमाण्ड पोष्टका सदस्य सुरत केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो।

तीनदिन दुईदिन अगाडी अस्पतालको सम्पर्कमा आएका यूवा न्यू वेष्ट पोइन्टको क्वारेन्टाइनमा छन् । बिरामीको उनको घाटी र नाकको स्वाब परीक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएको थियो । जिल्लामा हालसम्म चार स्वाब परीक्षणको लागि पठाइएकोमा सबैको नमुनाको नेगेटिभ रिपोर्ट आएसँगै म्याग्दी हालसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।