बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले बिसिजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने गरिएका देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य पत्ता लगाएका छन् । एक सय ७८ देशको तथ्यांक विश्लेषणका आधारमा बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् ।

क्षयरोगविरुद्ध दिइने यो खोप धेरैजसो देशमा सरकारी मापदण्डभित्र समावेश गर्दै अनिवार्य नै गरिएको छ । ती देशहरूमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर बिसिजी खोप नलगाइने देशहरूभन्दा झन्डै १० गुणा कम देखिएको हो ।

९ मार्चदेखि २४ मार्चसम्ममा ती एक सय ७८ देशको तथ्यांक विश्लेषण गरिएको थियो । त्यसका आधारमा अनुसन्धानकर्ताले ‘खोप दिइने देशका प्रति १० लाखमा ३८.४ र नलगाइने देशमा प्रति १० लाखमा तीन सय ५८ जनामा संक्रमण’ भएको देखाएका छन् ।

त्यस्तै, खोप लगाइएको मुलुकमा ‘प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ मात्र र नलगाइएको मुलुकमा मृत्युदर प्रति १० लाखमा ४० पाइएको छ । एक सय ७८ मुलुकमध्ये २१ मुलुकमा बिसिजी खोप दिइएको थिएन भने २६ देशको तथ्यांक भने पूर्ण रूपमा मिल्दो देखिएको छैन ।

बिसिजी खोप ‘फस्र्ट फेज’को अवस्थामा रहेको मूत्रथैली (ब्लाडर)को क्यान्सरको बिरामीमा इम्युनोथेरापीका लागिसमेत प्रयोग हुने गरेको छ ।  यद्यपि, बाल्यावस्थामा लगाइएको खोपले अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन नसकेको पनि हुन सक्छ । Source: Nayapatrika.

Leave a Reply