कोरोना भाइरस (कोभिड–१९) को महामारीले ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्नलाई एक महिलाले एक लाख बराबरको खाद्यान्न सहयोग गर्नुभएको छ। ४५ घरपरिवारलाई खाद्यान्न साम्रागी सहयोग गर्न सामुदायिक प्रहरी सेवाकेन्द्र बाबियाचौरको संस्थापक अध्यक्ष तथा श्री जन आदर्श महिला वहुउद्धेशीय सहकारी संस्थाको अध्यक्ष यशुदा रोकाले उक्त सहयोग गर्नुभएको हो । हाल अमेरिकामा रहनुभएकी रोकाले आर्थिक अवस्था कमजोर भएका तर सरकारी राहत वितरणको मापदण्डभित्र नपर्नेलाई सहयोग गर्न अनुरोध गनुभएको थियो । रोकाले खाद्यान्न सहयोग गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको सूचना अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।उहाँका अनुसार एकद्धार प्रणाली अन्तरगत गाउँपालिकाको टोलीले नै मापदण्ड बाहिरका विपन्नलाई हस्तान्तरण गरेको बताउनुभयो ।

गाउँपालिका भित्र मादण्डमा समेत नपर्ने हातमुख जोड्न सकस भइरहेकाहरुलाई सहयोग गर्न कोभिड–१९ ब्यवस्थापन समितिले अपिल समेत गरेको छ । नेपाल सरकारले दिएको अनुदानलाई स्थानीय तहलाई कोरोना भाइरसको महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई मात्रै राहत वितरण गर्न अपिल गरेको छ ।

Leave a Reply