गत मंगलबार कालिगण्डकी नदीमा आत्महत्याको प्रयास गरेकी ३५ बर्षिया देबी थापा मगरले पहिले पनि तीन पटक आत्महत्याको प्रयास गरेकी थिईन् । चक्कुले आफ्नो घाँटी काट्ने र झुन्डिने प्रयास गरेकी मगरलाई वारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतमको टोलीले उद्धार गरेको थिए । पटक–पटक मर्छु भन्दै गरेको प्रयासलाई प्रहरी र समुदायका यूवाहरुले असफल बनाएपनि शुक्रबार कालिगण्डकी नदीमै हाम फालेर ज्यान गुमाएकी छन् ।

दैनिक मजदुरी गरी श्रीमान र एक छोरीसँगै बस्ने गरेकी मगरलाई गएको चैत्र २५ गते जलजला गाउँपालिका–३, वारीबेनीका यूवाहरुले कालिगण्डकी नदीमा बगाइरहेको अवस्थामा उद्धार गरेर प्रहरीको जिम्मा लगाएको अवस्थामा शुक्रबार घरमा कोही नभएको मौका छोपी दिउँसो पौने ३ बजे नदीमा महिला हामफालेको सुचना पाएर खोजीमा गएको प्रहरीटोलीले १ सय ५० मिटर तल लामखेमा मृत अबस्थामा फेला पारेको हो ।

सिन्धुपाल्चोकको इन्द्राबती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिकामा पर्ने वारीबेनीमा मजदुरी गरेर बस्दै आएकी मगरले मदिरा सेवन गर्ने, मानसिक समस्या समेत रहेको प्रहरीचौकी प्रमुख गौतमले बताए ।

‘मैले नै दुईपटक उद्धार गरेको थिए,‘सधै मर्छु भन्दै परिवारलाई तनाव दिएको देखिन्छ’ प्रसानी गौतमले भने । उनका अनुसार आत्महत्या गर्नुको थप कारण भने खुल्न सकेको छैन । शब बेनी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।

Leave a Reply