---Advertisement---

म्याग्दीका सबै स्थानीय तहमा र्‍यापिड टेष्ट गरिने

On: April 11, 2020 11:31 AM
Follow Us:

म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ। शनिबार दिउँसो देखि बेनी नगरपालिकामा चैत्र महिना यता विदेशबाट आएकाबाट सुरु हुने टेष्टको आवश्यक तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय बेनीमा प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी जिल्ला बागलुङमा दुई जना संक्रमित भेटिएसँगै बेनी अस्पतालले समुदायस्तर (मास स्केल)मा गरिने टेष्टमा बेनी नगरभित्रका ३८ जनालाई सम्पर्क गरिएको प्रमुख लम्सालले बताउनुभयो । ‘सम्पर्कमा नरहेका केहीलाई वडा अध्यक्षमार्फत जानकारी पठाइएको छ,‘विदेशबाट आएकोको रिर्पोट अनुसार थप परीक्षण गर्नेछौ’ लम्सालले भन्नुभयो ।

उहाँका अनुसार रघुगंगा ३६ जना,मंगला ३४ जना, मालिका ११, अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना चैत्र महिना यता विभिन्न देशबाट आएको तथ्याङ्क भएपनि केही अझै सम्पर्कमा आएकाले संख्या बढ्ने बताउनुभयो । टेष्टका लागि चारजना स्वास्थ्यकर्मीको टोलीले बागलुङमा तालिम लिएर फर्किएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । विदेशबाट आएकाहरुको आवश्यकता परेमा स्बाव थप परीक्षणका लागी पोखरा पठाइने छ । करिब १ सय १० किडसँगै खटिने स्वास्थ्यकर्मीलाई आवश्यक चश्मा सेफ्टि, पन्जा, जोर ग्राउन, सर्जिकल क्याप, सुकभर, फेस सिल्ड, ७५ पिस एन ९५ मास्क र मेडिकल नर्मल मास्कको समेत ब्यवस्थापन गरिएको छ । म्याग्दीबाट हालसम्म संक्रणमको जोखिममा ४ जनाको ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाइएकोमा नेगेटिभ आएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।