---Advertisement---

म्याग्दीमा ३३ जनाको र्‍यापिड टेष्ट, सबैको परीक्षण रिपोर्ट नेगेटिभ

On: April 11, 2020 4:55 PM
Follow Us:

बेनीमा शनिबार गरिएको ३३ जनाको कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड  टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोष्टको वैठकले निर्णय गरी चैत महिनामा वैदेशिक रोजगारीबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेष्ट सुरु गरिएकोमा बेनी नगरपालिका भित्रका ३३ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार तीमध्ये ६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ । शनिबार बेनी नगरपालिका, आइतबार मालिका र धौलागिरी गाउँपालिका, बैशाख १ गते मंगला, २ गते रघुगंगा र ३ गते अन्नपूर्ण गाउँपालिका भित्र टेष्ट गरिने कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

एक महिना यता विदेशबाट आएका सबैको टेष्ट गरिने छ । जिल्लाको रघुगंगामा ३६ जना,मंगलामा ३४ जना, मालिका ११, अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना विदेशबाट आएका रहेका छन् । म्याग्दीबाट हालसम्म संक्रणमको जोखिममा ४ जनाको ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाइएकोमा नेगेटिभ आएको थियो।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।