अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आम्बोटमा चट्याङले दुई जना सामान्य घाईते, एक घरमा क्षती

By -
On: April 11, 2020 6:56 PM
Follow Us:

बेनी नगरपालिका-२, आम्बोटमा चट्याङ लागेर दुईजना समान्य घाईते भएका छन् । शनिबार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर स्थानीय ५८ बर्षिय रत्नबहादुर र छोरी १७ बर्षकी सोविता घिरिमे सामान्य घाईते भएकी छन् । हावाहुरीसँगै परेको चट्याङले कासिराम घिमिरेको घरमा क्षती पुगेको छ।

घिमिरेको घर चर्किएको स्थानीय नारायण घिमिरेले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।  एनसेलको टावर आसपासमा रहेको रत्न बहादुर घिमिरे, दैकुमारी सापकोटा, भिम बहादुर घिमिरे, चित्र बहादुर घिमिरे, हरिलाल घिमिरे लगाएत आसपासका क्षेत्रमा रहेका घरहरुको विद्युत् मिटरबक्स, तार, ब्याट्री, मोबाईल जलेको स्थानीयले बताएका छन् । चट्याङले लाल बहादुर घिमिरेको गोठमा रहेको राँगो समेत मरेको छ ।

ठूलो आवाजसँगै परेको चट्याङ आसपासमा आगोको मुस्लो देखिएको थियो । घाईते दुवैको बेनी अस्पतालमा उपचार पछी घर फर्किएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । उहाँले जिल्लाभित्र थप क्षतीका बारेमा जानकारी लिने प्रयास भइरहेको बताउनुभयो ।

-