बागलुङको गलुवाका २६ वर्षीय युवाको चट्याङले लागेर मृत्यु भएको छ । घरको पीडिमा बसिरहेका बागलुङ नगरपालिका–१३ गलुवाका संकर रिजाललाई शनिबार दिउसो ४ बजे चट्याङले लागेको थियो।

उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो । चट्याङले लागेर उहाँ संगै २० वर्षीय रेश्मी भट्ट घाइते हुनुभएको छ । रिजालको गोठमा रहेको भैसी समेत चट्याङले लागेर मरेको छ ।

Leave a Reply