बेनी नगरपालिका–१०, नम्बर वडा कार्यालयले वडा भित्रका विपन्न परिवारलाई राहत वितरण गरेको छ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेकालाई सरकारी मापदण्ड अन्तरगत ज्याला, मजदुरी गर्ने तथा विपन्न ८ परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो ।

वडा कार्यालयले विपन्न परिवारको निवेदन सङ्कलन गरी गण्डकी प्रदेशको मापदण्ड अन्तरगत श्रमिक र विपन्न ८ परिवारलाई नगरपालिकाले उपलब्ध गराएको खाद्यान्न वितरण गरेको वडा सदस्य बिष्णुबहादुर रकालले बताउनुभयो ।

उहाँका अनुसार वडाभित्र ८६ परिवारले राहतका लागि आवेदन फारम भरेकोमा सर्वपक्षीय समितिले छानविन गर्दा राहतका लागि सरकारले तोकेको मापदण्ड अनुसार ८ परिवार मात्र भएको बताउनुभयो। ३० केजी चामल, दुई पोका तेल, दुई केजी चिनी, दुई केजी नुन, तीन केजी दाल र चार पिस साबुन उपलब्ध गराइएको हो ।

कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले मापदण्ड विपरित नगरपालिकाको राहत वितरण गर्न नसकिने बताउँदै वडाभित्रका विपन्नलाई दोस्रो चरणमा राहत प्याकेज ल्याउने बताउनुभयो । कावा अध्यक्ष पुनको नेतृत्वमा नेकपा, नेपाली काँग्रेस र राप्रपाका प्रतिनिधिको रोहबरमा राहत वितरण गरिएको थियो । वडाभित्र समस्यामा परेकालाई सम्पर्क गर्न समेत कावा अध्यक्ष पुनले अनुरोध गर्नुभएको छ । वडाभित्र जनप्रतिनिधिले घरदैलोमा समेत पुगेर अवस्थामा बारेमा जानकारी दिने बताइएको छ ।

Leave a Reply