पश्चिम म्याग्दीको दरबाङमा कोभिड–१९ को ‘र्‍यापिड टेष्ट गरिएको छ । मालिका र धवलागिरी गाउँपालिकाका १९ जनाको गरिएको ‘र्‍यापिड टेष्ट मा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘तीमध्ये १ जनाको स्वाब सङ्कलन गरिएको छ, ‘एकमहिना यता विदेशबाट आएका सबैको टेष्ट गरिन्छ’ लम्सालले भन्नुभयो । प्राथमिक उपचार केन्द्र दरबाङमा गरिएको टेष्टमा मालिकाबाट १२ जना र धवलागिरी गाउँपालिकाबाट ७ जना सहभागी थिए । शनिबार बेनी नगरपालिकाबाट र्‍यापिड टेष्ट सुरु गरिएको थियो । बैशाख १ गते मंगला गाउँपालिकामा टेष्ट गरिन्छ ।

र्‍यापिड टेष्ट विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अवस्थामा भने स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा अथवा काठमाण्डौं पठाइने छ । जिल्लाको रघुगंगामा ३६ जना,मंगलामा ३४ जना, मालिका ११, अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना विदेशबाट आएको तथ्याङ्क रहेपनि केही स्थानीय तहमा बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply