म्याग्दीका रघुगंगा गाउपालिका–६, पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको जनाएको छ। पाखापानीको कोटगाँउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष शेरपुजाले शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले घरमा खानतलासी गर्दा एक राउण्ड गोली फेला पारेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।‘गोलीलाई ल्याब परीक्षणका लागी पठाउँछौ,‘थप कानुनी प्रक्रियाका बारेमा छलफल गदैछौ’ प्रनाउ कुँवरले भने ।

उनले अनुसन्धानमा सघाउन आरोपी वडा अध्यक्ष शेरपुजालाई अनुरोध समेत गर्नुभएको छ । प्रहरीले गोलीको कुन प्रकारको हो, कुन स्रोतबाट आएको भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा घरमा पुगेर खानतलासी गरिएको थियो ।

यता नेपाली कांग्रेस म्याग्दीले पार्टीले यस बारेमा केही बेरमै आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ। ‘हामीले यस बारेमा संस्थागत धारणा सार्वजनिक गछौ,‘यो विषयमा पार्टी गम्भीर छ’ पार्टीको स्रोतले भन्यो । शेरपुजा वडा अध्यक्षसँगै नेपाली काँग्रेस रघुगंगा गाउपालिका समितिका सचिव समेत हुन् । प्रहरीले गोलीको ल्याब परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाउने जनाएको छ ।

Leave a Reply