शनिबार बेनीबाट पठाइएको ६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बेनी नगरपालिका भित्र विदेशबाट आएका ३३ जनाको शनिबार बेनीमा -यापिड टेस्ट गरिएको मध्ये पाँच जना र लकडाउन पछाडी भारतबाट आएका बेनी नगरपालिका–४ सिंगाका एक यूवा गरी ६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकोमा सबैको रिर्पोट नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो । भारतबाट आएका यूवालाई लगातार पाँच दिनसम्म ज्वरो आएपछि स्वाब परीक्षणका लागी पोखरा पठाइएको थियो । यूवाको घर वडा नं ४ मा बस्ती भन्दा टाडा रहेकाले होम क्वारेन्टाइनमा बसेको अवस्थामा कम्तिमा २१ दिनसम्म समुदायमा ननिस्कन अनुरोध गरिएको अस्पतला विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

म्याग्दीबाट हालसम्म कोरोना संक्रणमको जोखिमलाई मध्यनजर गरी पठाइएको ‘स्वाब’ परीक्षण सबै नेगेटिभ आएसँगै म्याग्दी हालसम्म कोरोना संक्रमणको जोखिममा नरहेको बेनी अस्पतालले जनाएको छ। बैशाख ३ गतेसम्म म्याग्दीका सबै स्थानी तहमा -यापिड टेष्ट सकिने छ ।

Leave a Reply