बेनी नगरपालिका-३ भकिम्लीको शीरमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल स्वर्गाआश्रममा हरेक वर्षको वैशाख १ गते रथयात्रा नहुने भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै सरकारले लकडाउनको कार्यान्वयनसँगै छिमेकी जिल्ला बागलुङको नाका समेत पूर्ण रुपमा बन्द गरिएकाल पूजारी सहित केही स्थानीयको उपस्थितीमा मात्रै रथयात्रा गरिने स्वर्गाआश्रम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बेनीअनलाइनलाई बताउनुभयो । ‘कम संख्यामा मानिसहरुको उपस्थितिबीच पूजाआजा गरिने छ,‘विगतमा जस्तै भब्य कार्यक्रम हुदैन’ अध्यक्ष जिसीले भन्नुभयो ।

उहाँका अनुसार रथयात्रामा भकिम्लीसँगै छिमेकी काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीकै मंगला गाउँपालिदको बरंजा क्षे बाट समेत ठूलो संख्यामा स्थानीयहरु पूजाआजामा आउने गरेको अवस्थामा भाइरसको संक्रमणको त्रास र लकडाउनका कारण यसपटक भकिम्ली जोड्ने नाकाहरु बन्द गरिएकाले पूजारी, जनप्रतिनिधि र केही स्थानीयको उपस्थितीमा पूजाआजा गरिने जनाइएको छ । भकिम्लीको मुसुङ, डोले, भुकभुके गाउँबाट स्थानीयले रथयात्रासँगै मन्दिरमा पुगेर दिनभरी पूजाआजा गरी फर्किने गरेका थिए । प्राचीनकालमा तपस्या गर्ने गएका सप्तऋषिले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्त ऋषिस्थल समेत भनिन्छ । स्वर्गाआश्रमदेखि बेलढुंगासम्म तपस्या गरेका स्थान अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ ।

Leave a Reply