भिडियो कन्फ्रेन्समार्फत नयाँ बर्षको शु्भकामना

युवाहरुको नेतृत्व तथा क्षमता विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ बर्ष २०७७ को शुभकामना आदान–प्रदान सामूहिक भिडियो कन्फ्रेन्सबाट गरेको छ ।  कोभिड १९ को संक्रमणको जोखिमले म्याग्दी जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका साथै जिल्ला बाहिर रहेका पदाधिकारी, कार्यसमिति सदस्यलाई हरेक बर्ष नियमित गदैं आइरहेको नयाँ बर्षको शुभकामना आदान–प्रदान गरिएको हो।

लकडाउनका कारण सचिवालयमा कार्यक्रम गर्न सम्भव नभएपछि पछिल्लो समय सामूहिक भिडियो कन्फ्रेन्सका लागि लोकप्रिय बन्दै गएको जुम एप्सको प्रयोग गरी गरिएको अध्यक्ष सुजन बरुवालले बताउनुभयो ।

‘शुभकामनासँगै आगामी दिनमा गरिने योजनाका बारेमा समेत छलफल भयो,‘भिडियो कन्फ्रेन्सबाटै नयाँ अभ्यासको प्रयोग गर्न सफल भयौं’ अध्यक्ष बरुवालले भन्नुभयो ।

उहाँका अनुसार मिटिङमा जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वअध्यक्ष, निर्वतमान अध्यक्ष लगायतको मिटिङमा १८ जनाको सहभागिता रहेको थियो । जेसिजले मिटिङलाई आवश्यकता अनुसार सञ्चालन गर्ने जनाएको छ । लकडाउनको अवधिमा म्याग्दी जेसीज अध्यक्ष बरुवा विभिन्न अनलाइन तालिममा समेत सहभागी छन् ।

यता कोरोना भाइरस बिरुद्धको अभियानमा खाद्यान्न सहयोग, जनचेतनामुलक कार्यक्रमसँगै बेनीबजारमा पशुचौपायालाई दानापानीको समेत ब्यवस्थापन गरिरहेको लायन्स क्लव बेनी पिस सिटीले समेत हरेक गतिविधिका बारेमा जानकारी गराउन भिडियो कन्फ्रेन्समा गरेको छ । क्लवका अध्यक्ष नरेश श्रेष्ठले डिजिटल प्रविधिको प्रयोग गदैं सामूहिक भिडियो कन्फ्रेन्समार्फत शुभकामना सन्देश प्रवाहसँगै संस्थागत गतिविधिका बारेमा जानकारी गराइएको बताउनुभयो ।

Previous articleनयाँ वर्ष २०७७ सुरु, एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
Next articleनारच्याङका सबै घरधुरीमा नयाँ बर्षको शुभकामनासँगै मास्क र सावुन वितरण