जिल्लाको मंगला गाउँपालिकामा सोमबार कोरोना भाइरस कोभिड–१९ को -यापिड टेष्ट गरिएको छ । गत चैत्र महिनामा बैदेशिक रोजगारबाट फर्किएका २६ जनाको गरिएको -यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको कोभिड–१९ को सदस्य सुरत केसीले बताउनुभयो ।

उहाँका अनुसरा मंगला शिक्षा क्याम्पसमा गरिएको टेष्टमा गाउँपालिकाको तथ्याङ्क अनुसार विदेशबाट फर्किएर क्वारेन्टाइन र घरमै बसेका सहभागी भएका थिए । -यापिड टेष्ट विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अवस्थामा भने स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा अथवा काठमाण्डौं पठाइने छ ।

जिल्लाको रघुगंगामा ३६ जना,मंगलामा ३४ जना, मालिका ११, अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना विदेशबाट आएको तथ्याङ्क रहेको थियो । शनिबार बेनीबाट सुरु भएका टेष्ट रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बाँकी छ ।

Leave a Reply