म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पहिलो पंक्तीमा रहेर लडिरहेका देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयमसेबक लगाएतको सम्मानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीलाइ अनुरोध गरे अनुसार १ मिनेट ताली बजाइएको र राष्ट्रिय गान गाइएको थियो । प्रत्यक्ष रेडियोबाट प्रसारण गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठले यस संस्था द्वारा संचालित म्याग्दीकाली केबुल र इन्टरनेटले आजै देखि बेनपा ७ मंगलघाटमा रहेको आफ्नै भवनबाट सेवा संचालन गरेको जानकारी दिनु भएको थियो ।

उहाँले यो संक्रमणको घडीमा संस्था द्वारा उपलब्ध संचारका सेवाहरु लाइ थप प्रभाबकारी बनाइएको पनि बताउनु भयो । संस्थाका उपाध्यक्ष रामजी प्रसाद सुबेदीले लकडाउनको पुर्ण रुपमा पालना गरि कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन म्याग्दीबासीहरुलाइ अनुरोध गर्नु भएको थियो । संस्थाका सचिब एबँ रेडियो ब्यबस्थापन उप समिति संयोजक सुबिन श्रेष्ठले रेडियोको बार्षिक उत्सबको अबसरमा सम्पुर्ण बिज्ञापनदाता तथा श्रोता बर्गलाइ हार्दिक धन्याबाद ज्ञापन गर्दै यस संक्रमणको घडिमा सत्य तथ्य समाचार प्रसारण गरि जनतालाइ सुसुचित बनाउने काममा रेडियोको भुमिका महत्वपुर्ण भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुर प्रसाद आयार्य, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री, पत्रकार हरिकृष्ण गौतम, रोकश शर्मा र साधन राम्जालीले रेडियोलाइ शुभकामना दिदै संचार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरुलाइ संरक्षण गर्न स्थानीय सरकारले सहयोग एबँ सहकार्य गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रम रेडियोका स्टेशन संयोजक अमित बिश्वकर्माको संचालन गर्नु भएको थियो ।

Leave a Reply