धवलागिरीकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

पश्चिम म्याग्दीको दरबाङमा कोरोना भाईरसको द्रुतजाँच (र्‍यापिड टेष्ट) का क्रममा स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा पठाइएको धवलागिरी गाउँपालिका–७ की महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

मालिका र धवलागिरी गाउँपालिकामा विदेशबाट फर्किएका १९ जनाको द्रुतजाँचको क्रममा फागुन महिनाको अन्तिम साता विदेशबाट फर्किएको अवस्थामा केही दिन ज्वरो आएपछि स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा स्वाब पठाइएको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीकाका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।‘आरडिटी टेष्टमा उहाँको नतिजा नेगेटिभ नै थियो,‘पिसीआर जाँचमा पनि नेगेटिभ नै आयो’ लम्सालले भन्नुभयो। आईतबार गरिएको र्‍यापिड टेष्टमा मालिका र धवलागिरीबाट आएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको थियो । दुवै गाउँपालिकाले छिमेकी बागलुङसँग सिमाना जोडिएको बस्तीहरूबाट आवतजावतमा कडाई गरेका छन् ।

यता सोमबार मंगला गाउँपालिकामा गरिएको २६ जनाको टेष्ट रिर्पोट समेत नेगेटिभसँगै सबैको समान्य स्वास्थ्य अवस्थाका कारण स्बाव परीक्षणका लागि पोखरा पठाइएन् । मंगलाले समेत छिमेकी बागलुङको ताराखोला र काठेखोला गाउँपालिकाको सिमानमा २४ घण्टे निगरानी गर्ने गरी स्वयमसेवक परिचालन गरेको छ ।

Previous articleम्याग्दीकाली एफएमले ११ औँ बार्षिक उत्सब मनायो
Next articleअसिनापानीले रघुगंगाको अन्नबाली सखाप, बाटो अवरुद्ध, घरमा समेत क्षती
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।