अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

असिनापानीले रघुगंगाको अन्नबाली सखाप, बाटो अवरुद्ध, घरमा समेत क्षती

On: April 14, 2020 9:05 AM
Follow Us:

जिल्लाको रघुगंगा गाउँपालिकामा गएराती परेको लगातारको असिनापानीले अन्नबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ भने ग्रामिण सडक समेत अस्तब्यस्त भएको छ । सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले अन्नबालीसँगै वडा नं २ भगवतीमा घर भत्किने, चर्किने, आगन, शौचालय र बाढीले सडक समेत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।  ‘एकफिटसम्म असिना परेको छ,‘क्षतीको विवरण अझै संकलन गरी उचित राहतको ब्यवस्था गछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।खेतबारीको अन्नबाली भित्राउनै नमिल्ने गरी सखाप पारेको बताउँदै गाउँपालिकाभित्रका सबै वडामा क्षतीको अवस्थामा बारेमा बुझ्ने बताउनुभयो । रातभर लगातार परेको असिनापानीले वडा नं ४ दग्नाममा समेत ठूलो क्षती भएको वडा अध्यक्ष रुक बहादुर गर्बुजाले बताउनुभयो ।‘खेतबारीमै असिनाले उठाउनै नमिल्ने गरी सखाप पारेको छ,‘हेर्न सक्ने अवस्था छैन’ । यता जिल्लाका अन्य स्थानीय तहमा समेत असिनापानीले क्षती पुर्याएको हुनसक्ने जनाइएको छ । जिल्लाभरको अवस्थामा बारेमा बुझ्ने प्रयास भइरहेको छ । तस्वीर सौजन्य गुन पुन दग्नाम

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।