म्याग्दीमा गत चैत्र महिनामा बैदेशिक रोजगारबाट फर्किएकाका ९० जनाको र्‍यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी)मा सबैको रिर्पोट नेगेटिभ आएको छ।

जिल्लाभित्र कोरोना संक्रमण फैलन नदिनका लागि उच्च सतर्कतासँगै चैत्र महिनाभित्र आएकालाई स्थानीय तहमा बनाइएको क्वारेन्टानइ तथा होम क्वारेन्टाइनमा बसेकाहरूलाई विभिन्न स्थानीय तहको केन्द्रमा र्‍यापिड टेष्ट गरिएको थियो ।

बेनी नगरपालिकामा ३५ जना, मालिका र धवलागिरी गाउँपालिका १९ जना, मंगला गाउँपालिका २६ जना र अन्नपूर्ण गाउँपालिकामा १० जनाका आरडिटी टेष्ट गरिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य एवम् नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री सुरत केसीले बताउनुभयो ।

सोही क्रममा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएकाको स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा पठाइएको ११ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Leave a Reply