गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले सामाजिक सञ्जालमा विद्यार्थीलाई अनुरोध गर्नुभएको छ । विश्व मानव जगत नै कोरोना भाइरस बिरुद्धको लडाईमा सहभागी भइहरेको अवस्थामा विद्यार्थीको परीक्षा स्थगित हुदाँ विद्यार्थीमा परेको असरलाई नजिकबाट हेरेको बताउँदै मन्त्री पुनले अहिलेको प्राथमिकता कोरोना बिरुद्धको महाअभियान भएकाले आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ ।

आफ्नो विद्यालयका शिक्षकसँग नियमित सम्पर्कमा रहने र आफ्नो परिवार र छिमेकीलाई महामारी बिरुद्धको अभियानमा समेत सघाउने गरी रचनात्मक कार्य गर्न समेत मन्त्री पुनले अपिल गर्नुभएको छ ।

यस्तो छ मन्त्री पुनको विद्यार्थीलाई अनुरोध

प्रिय विद्यार्थी भाइ बहिनी हरु बिश्व मानव जगत को सामु खडा भएको कोरोना भाइरस (अयखष्म(ज्ञढ ) को चुनौती ले हामिलाइ सबै कार्य र गतिविधि लाई थाती राखेर एक मात्र कोरोना भाइरस को विरुद्ध जुध्न बाध्य बनाएको छ । स्वास्थकर्मी साथिहरु लाई सिमित स्रोत साधन का बाबजुद अगाडि लगाएर समग्र राज्य संयन्द्र निरन्तर खटिरहेका छौ ।

नेपाल सरकार ले जोखिम लाई मध्यनजर गर्दै देश का सबै सिमा नाका हरु बन्द गरेको छ हवाइ अड्डा बन्द छ्न नागरिक लाइ घर भित्रै बस्न आह्वान गर्दै देश पुर्ण रुपमा लक डाउन गर्दै समग्र गतिविधि ठप्प पारिएको छ ।

तोकेको परिक्षा अघिल्लो दिन स्थगित हुदा घन्टौ पैदल हिडेर परिक्षा केन्द्र पुगेका लाखौ बिद्यार्थी निराश हुनु परेको खबर अरु मिडिया हरुमा हेर्दा मलाई पनि नरमाइलो लागेको थियो तर जुन समय मा सरकार ले उक्त निर्णय गर्यो त्यो सहि थियो भनेर आज पुष्टि भएको छ ।

प्रिय भाइबहिनी अनि सम्पुर्ण अभिभावक हरुमा हृदय बाट अनुरोध गर्दछु कि यो युद्ध जितेपछि फेरि हाम्रा सामान्य दिन हरु छिट्टै सुरु हुने छन भन्ने मा ढुक्क हुनुहोला विद्यार्थी सचेत बर्ग हो आफ्नो अध्यन लाई पनि निरन्तरता दिदै सम्भावना भए सम्म प्रबिधि को प्रयोग गर्ने निरन्तर आफ्ना शिक्षक हरु सङग सम्पर्कमा रहने र आफ्नो घरपरिवार र छिमेकमा यो महामारी विरुद्ध दैनिक सचेतना जगाउने बिश्व स्वास्थ्य संगठन र नेपाल सरकार ले गरेको अनुरोध पालन गर्न सबै लाइ अनुरोध गर्ने कार्यमा यहाँ हरुले भुमिका खेलिरहनु भएको छ होला भन्ने कुरामा बिश्वास ब्यक्त गर्दछु ।
हामि सबै आफ्नो ठाउ बाट कोरोना रोकथाम र निर्मुल पार्न जुटौ ।
धन्यवाद

Leave a Reply