खरमायाँ विटालु/ आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै  अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए ।

यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले अहिलेको जस्तो भयानक रुप लिन्छ भन्ने सायदै कसैले सोचेका थिएनन् र यो परिस्थितिको कसैले कल्पना वा आँकलन समेत गरेका थिएनन् । त्यसैले यो भाइरस हो वा रोग हो वा कुनै प्रकारको हैजा हो जे भए पनि हामि लगायत विश्वको ध्यान खासै यता तिर गएको थिएन ।

गएको देखिन्न । जनवरीको दोश्रो साता हुवाए को वुहान शहरमा केही मानिसहरु मर्न थालेको समाचार केहि आउन थाल्यो यसलाइ पनि खास चासोका साथ हेरिएन । फाट्ट फूट्ट समाचार आए पनि खासै यस्तो भयानक रुप लिन नसक्ला भन्ने नै धेरैको अनुमान रहेको हुनु पर्छ किनकी यो समय सम्म पनि खास संसारको ध्यान यतातिर गएको पाइन्न ।

कोभिड -१९ अर्थात कोरोना भाइरस सम्वन्धि समाचार यो समय वढी चर्चामा आउन थाल्यो कि चिन ले यसलाइ उच्च सतर्कता अपनाउदै ६ दिन भित्र हजारौं विरामिलाइ उपचार गर्न मिल्ने गरि अस्पताल निर्माण गर्न थाल्यो ।

कतिपय वुहान वासी यस भाइरसको शिकार वन्न थाले । सडक सडकमै कतिपय वुहानवासी ढल्न थाले । चिनले स्वास्थ्य संकट घोषणा गरि वुहानलाइ लक डाउन गरि कोरोना विरुद्ध कठोर कदम चाल्यो । जनवरी २३ मा चिनले वुहान शहरलाइ लक डाउन गर्यो । त्यस पछि मात्र कोरोना सन्त्रासले एक प्रककारले विश्वको ध्यान खिचेको पाइन्छ ।

वुहान शहरलाइ चिनले लक डाउन गरेको समाचारले एक प्रकारले हामिलाइ फरक अनुभुति  भइरहेको थियो किनकि विभिन्न उपचार पद्धतिमा यो प्रकारको पद्धति सँग हामि खासै अभ्यस्त थिएनौं । त्यसैले यसको वारेमा विभिन्न खाले टिका टिप्पणि भइरहेका थिए । केहि मुलुकले भने यसलाइ मानव अधिकार सँग पनि जोडेर वहस गर्न पछि परेनन् ।

केहि मानिसहरुले लक डाउनले जनताअनावश्यक वढी वन्धनमा वाँधिने र तनावमा राख्ने भन्ने तर्क पनि अघि सारे । यसै वीचमा जनवरी ३० मा विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरस एक ठूलो चुनौति वन्न सक्ने सम्भावना तिर औंल्याउँदै विश्वलाइ सतर्क रहन एक चेतावनि नै दियो । तर यो चेतावनि प्रति पनि विश्वको ध्यान जान सकेन । विश्व आफ्नै गतिमा अगाडि वढी रहयो¸ चिन एक्लै कोरोना विरुद्ध लडि रहयो ।

यस अवधिमा छिटफूट रुपमा कोरोना चिन हुँदै यूरोप हुँदै विश्वका अन्य मुलुकमा फैलँदै गयो । यसलाइ सुरुका दिनमा यूरोपक इटालि¸ स्पेन लगायतका मुलुकमा देखा परे पनि खासै समस्याको रुपमा लिइएन । विस्तारै इटाली¸ स्पेन¸ यूके¸ जर्मनि¸ फ्रान्स¸ वेल्जियम¸ नेदरल्याण्ड हुँदै सारा यूरोप भरिनै कोरोना प्रकोप फैलँदै गयो । यो भाइरसको फैलावट यसरी विस्तार भयोकि दिन दुइ गुना र रात चौगुना भने झैं  संसार भरि यसले फैलन केहि समय लगाएन।

अहिले आएर संसारको शक्तिशालि मुलुक अमेरीका लगायत सातै महादेशका २०९ वटा मुलुकमा यो फैलि सकेको छ भने १८ लाख भन्दा वढी मानिस संक्रमित भइ सकेका छन् भने आजको मिति  सम्ममा १ लाख ८ हजार भन्दा वढी ले यसैको कारण ज्यान गुमाइ सकेका छन् । अहिले आएर विश्वमा दैनिक सरदर ८ हजार हाराहारीमा कोरोनाको कारण मानिसहरु ज्यान गुमाइ रहेका छन् ।

अहिले आधुनिक विज्ञान र प्रविधिको उच्चतम विकास भएको यो युगमा चिकित्सा विज्ञानको क्षेत्रमा भएको यति विघ्न आविस्कार को अगाडि यतिको मात्रामा मानिसहरुको मृत्यु कोरोना भाइरसको कारणले हुनु कम आँकलन गर्न मिल्दैन ।

आज हिजोको दुनियाँ जस्तो होइन । चिकित्सा विज्ञानमा भएको यति विघ्न विकासले पनि कोरोना भाइरस सामु घुँडा टेक्नु परेको अवस्था आएको छ । यो एकदमै दुःखद अवस्था हो भने विश्व सामु र मानव सभ्यता सामु नै एक अनौठो¸ अकल्पनिय र भिमकाय चुनौतिको रुपमा उभिएर आएको छ ।

फेव्रुअरी का दोश्रो साता तिर खासै समस्याको रुपमा नलिएको यो कोरोना ले थोरै समय भित्रै युरोप र अमेरीका लगायतको मुलुकलाइ यति आक्रान्त वनायो की इटालिका प्रधानमन्त्रिले मार्च १३ पछि यो इटालिको वा इटालि सरकारको कावु भन्दा वाहिर गएको स्विकार गरे । यसले मार्च १३ पछि युरोपका देशहरुमा यस्तो महामारीको रुप धारण गर्योकि यो सपना हो वा विपना केहि छुट्याउन नसकिने अवस्था सिर्जना भयो ।

सुरुवाति समयमा इटालि र स्पेन लगायतका मुलुकहरुले त्यति गम्भिर  हिसावले ध्यान पुरयाउन सकेनन् कि भन्ने आरोप पनि अहिले लागि रहेको छ । जसको परिणाम आज यो भयावह परिस्थितिको सामना गरिरहनु परेको छ ।

संसार भर फैलिएको यो कोरोना वाट हाम्रो देश पनि अछुतो रहने कुरै भएन । तर भाग्यवस चिनमा अध्ययनरत एक विद्यार्थिमा देखा परेको उपचार पछि निको भएका र खासै संक्रमण फैलिएन यसलाइ संयोग वा भाग्य नै मान्नु पर्दछ । तर चैत्र महिनाको पहिलो साता फ्रान्सवाट नेपाल फर्किएको एक युवतिमा कोरोनाको संक्रमण देखा परयो भने त्यसै साता वेल्जियम वाट नेपाल फर्किएकी अर्की युवतिमा पनि कोभिड – १९ (कोरोना ) पोजिटिभ देखिए पछि नेपालमा पनि पनि यसको त्रास वढ्दो रुपमा छ ।

त्यसै गरि कैलालीमा दुवइ वाट भारत हुँदै नेपाल आएका एक युवकमा देखा परेको कोरोना उनका परिवारका सदस्यलाइ समेत संक्रमण देखा परेपछि नेपालमा समेत कोरोना प्रकोपले दोश्रो चरण प्रवेश पाएको छ । अहिले हामी कोरोना प्रकोप वा को दोश्रो चरणमा गुज्रीरहेका छौं ।

नेपालमा हाल संक्रमितको संख्या १२ पुगेको अवस्था छ भने यो सुसुप्त अवस्थामा फैलदो अवस्थामा होला भन्ने आसंकाले त्रासदि अवस्था सिर्जना गरेको छ । कहिं कतै विश्वाशिलो वातावरण पाउन सकिन्न । को संक्रमित होला? को सुरक्षित हो ला? यसै भन्न नसकिने अवस्था छ । मन भित्र आसंका र त्रासले पुर्ण रुपमा वास गरेर वेचैन जिन्दगी वाँच्नु पर्ने अवस्था सिर्जना भएको छ ।

हाम्रो देश र हामी वीच कोरोना संक्रमण देखा परिसके फछि अव पछुतो मानेर केहि हुने होइन । अव यसलाइ थप फैलन नदिने र संक्रमण वाट वच्ने उपायहरु अवलम्वन गर्ने भन्दा तपाँइ हामीमाझ   अरु उपाय छैन । त्यसैले यसको लागि तपाइ हामी डटेर सामना गर्न कोभिड -१९ विरुद्धको युद्ध मोर्चामा एकता वद्ध हुन जरुरी छ । खास चुनौतिको विषय चाहीँ संसारका वैज्ञानिकहरु¸ अनुसान्धानकर्ताहरु लागि परिरहेको अवस्थामा पनि कोभिड -१९ विरुद्ध कुनै खोप वा कुनै औषधि आविष्कार गर्न सकिरहेका छैनन् ।

त्यसैले यसको उत्तम उपाय भनेको नै कुनै विधि अपनाएर भए पनि भाइरस सर्ने वा संक्रमण नहुने परिस्थिति सिर्जना गर्नु नै हो हाललाइ । त्यसैले संसारभर अहिले धेरै मुलुकहरुले देशलाइ लक डाउन गरेको अवस्था छ ।

एक अर्का देश वा क्षेत्र वा स्थान वीच सम्पर्क टुटाउने वा मानिसको आवतजावत लाइ वन्द गर्ने¸ एकै क्षेत्रका मानिसहरु वीच सामाजिक दुरी कायम गराउने¸एकान्तवास वस्ने¸ आसंका गरिएका व्यक्तिहरुला ।  क्वारेण्टाइनमा राख्ने¸ द्रुत परिक्षण गर्ने र संक्रमितहरुलाइ आइसोलेसनमा राखेर आवश्यक उपचार गर्ने¸ संक्रमितहरुवाट अन्य मानिसहरुको सामाजिक दुरी कायम गराउने आदि गरेमा हामि संक्रमण वाट वच्न सक्दछौं ।

भोलि हुन सक्ने भयावह अवस्थावाट वच्नको लागि नेपाल सरकारले समेत २०७६ साल चैत्र १० गते देखि मुलुक भर लक डाउन घोषणा गरेको छ र हामि अहिले लक डाउन भित्र केहि कठिनाइका साथ कोरोना विरुद्ध लडि रहेका छौं ।

यो भन्दा भयावह अवस्था नआओस भन्ने नै नेपाल सरकारको मनसाय हो । हामिले आ-आफ्नो क्षेत्रवाट यसको परिपालना गर्नु पर्दछ । हरेक नेपालीले आ-आफ्नो क्षेत्रवाट सरकारले घोषणा गरेको लकडाउनको परिपालना गर्दै कोरोना को महामारी विरुद्ध लड्ने वेला आएको छ ।

म स्वयं गाउँपालिकाको उपाध्यक्ष भएको हैसियतले हामि पनि दिनरात अहोरात्र यसको संक्रमणवाट आफ्नो गाउँपालिका (मालिका गाउँपालिका) का जनसमुदायहरुलाइ कसरी वचाउन सकिन्छ भनेर लागि भन्ने चिन्ताले सताइरहेको छ र यसको विरुद्ध योजनावद्ध हिसावले प्रतिरक्षाको लागि लागि परेका छौं । नेपाल सरकारले मुलुकलाइ लक डाउन गरिसकेपछि यसको मर्म अनुरुप गाउँपालिका तह अर्थात स्थानीय तहमा समेत जनतालाइ सुसुचित गराउनु हाम्रो पहिलो कर्तव्य हो ।

हामी गाउँ तहमा सजग भएर संक्रमणवाट जति जोगिन सक्छौं त्यति नै मुलुक यसको संक्रमणवाट वच्ने हो । त्यसैलै सवै भन्दा वढी चनाखो स्थानीय तह हुनुपरेको गाम्भिर्यतालाइ आत्मासाथ गर्दै विभिन्न गतिविधिहरु अघि वढाइरहेका छौं ।

सवै भन्दा पहिले गाउँपालिकाको अध्यक्ष ज्युको संयोजकत्वमा कोरोना जोखिम नियन्त्रणको लागि गाउँपालिका स्तरीय समन्वय समिति गठन गरि त्यसको मातहतमा विभिन्न कार्यक्रमहरु गरिरहेको अवस्था छ ।

भोलि हुन सक्ने संक्रमणवाट वच्नु वा अहिले हामी संक्रमण नभएको  जुन अवस्था छ त्यसलाइ यथावत अवस्थामा राख्नु नै आजको पहिलो प्राथमिकता हो । त्यसैले मालिका गाउँपालिकाले पनि यता तिर ध्यान दिदै ८ जनालाइ राख्न सकिने क्वारेन्टाइनको व्यवस्था गरेको छ आवश्यकता अनुसार यसलाइ ६० व्यक्तिलाइ राख्न सकिने गरि क्षमता विस्तार गरिनेछ । यसै गरि स्वास्थ्यकर्मीको लागि लगायत उपचारमा खटिनेहरुको लागि ६८ थान PPE को व्यवस्था गरिएको छ । N-95 मास्क ८० थान र आवश्यकता अनुसारको सेनिटाइजर स्टोर गरिएको छ ।

क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको लागि आवश्यक सामग्रीहरु खाद्य सामग्रिहरु सम्पुर्ण व्यवस्थापन गाउँपालिकाको तर्फवाट गरिएको छ । हाल कोरोना सम्वन्धि सचेतना कार्यक्रम तथा यसवाट आइपर्ने हरेक परिस्थितिको सामना गर्न स्वास्थ्य स्वयं सेवकहरु परिचालन गरिएको छ । गाउँपालिका मा अन्य पालिका वा अन्य भुभागवाट नयाँ मानिसहर को आवत जावतलाइ रोक लगाइएको छ । टोल टोलमा स्वास्थकर्मी तथा शुरक्षाकर्मी समेत खटाइएको छ ।

कोरोना सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु प्रचार प्रसार गर्न पोष्टर पम्प्लेट वितरण तथा रेडियो कार्यक्रमहरु सञ्चालन गरिएको छ । अव यस अवधिमा विदेशवाट आएका क्वारेन्टाइनमा वसेकाहरुको लागि द्रुत गतिमा को कोरोना परिक्षण गरिने कार्य अगाडी वढाइ रहेका छौं । गाउँपालिकाले यि कार्यहरु युद्धस्तरमा गरिरहेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको साथमा गाउँपालिकाले यि कार्यहरु अगाडि वढाइरहेको छ ।

मुलुकले लक डाउन गरे पछि को अवस्था अवश्य पनि सहज छैन । हाम्रो जनजिवन नराम्ररी प्रभावित भएको छ । हामिले धेरै कठिनाइ भिगिरहेका छौं । कतिपय नियमित काम काजहरुलाइ थाँति राख्नु परेको छ । खान पान र जिवन शैलिमा नै केहि नकरात्मक असर परेको छ । तर यो भन्दा अरु उपाय तपाइ हामि सामु छैन पनि ।

विश्वका शक्तिशाली र विकसित मुलुकरुले पनि लकडाउन नगरि सामाजिक दुरी कायम नगर्दा र यसको अनियन्त्रित संक्रमण वढ्दा अहिले अत्यन्तै नराम्रो परिणामको भागि वन्नु परिरहेको अवस्थावाट हामिले पाठ सिक्नै पर्दछ । इटालि¸ स्पेन र अमेरीका ले भोगिरहेको दुरदशाको हालतवाट वच्न सक्ने सम्भावना हामीमा छँदैछ । त्यसको लागि हामिले इमान्दारीता पुर्वक लकडाउनलाइ पालना गर्नुको विकल्प हामी सामु छैन । किनको यसको उपचारको लागि कुनै औषधि हाल सम्म पत्ता लाग्न सकेको छैन र पत्ता लाग्न र उपचार पाउन  अझै कति समय लाग्ने हो अनिश्चित नै छ ।

त्यसैले यसको रोकथामको उत्तम उपायनै सामाजिक दुरी कायम गरेर वस्नु वाहेक अरु केहि गर्न नसकिने अवस्था छ । लक डाउनले पुरयाएको समस्या प्रति गाउँपालिका सजग छ । ज्याला मजदुरी गरेर खाने परिवारलाइ पहिलो चरणमा केहि राहत  वितरण समेत गरेको छौं । आगामि दिनहरुमा पर्न सक्ने कठिनाइमा गाउँपालिकाले साथ दिनेनै छ ।

वर्तमान एक्काइशौं शताब्दि मा मानव सभ्यतामै सवै भन्दा ठूलो चुनौति वनेर आएको यो कोरोना भाइरसलाइ पराजित गर्न नसके मानव जिवनको अस्तित्व माथिनै प्रश्न चिन्ह खडा हुने भएको ले यसको विरुद्ध हामि सवैको ऐक्यवद्धता जरुरी छ । यस्तो कठिन समयमा हाम्रा केही विकास निर्माणका कामहरु थाँति रहनेछन् ।

हाम्रा केहि निजि जीवनका गतिविधिहरु थाँति रहनेछन् । हाम्रो ध्यान सिर्फ कोरोना विरुद्धको लडाँइमा केन्द्रीत हुनेछ । हामी रहे हाम्रै लागि गरिने विकास निर्माणका कार्यहरु आगामी दिनमा गरौंला । कोरोनाले निम्त्याउन सक्ने महामारीको भयावह अवस्थालाइ नाका नाकामै वन्द गरौं¸ हाम्रो वस्तिमा प्रवेश गर्न नदिउँ । हाम्रो जित अवश्य हनेछ ।  अहिले आ-आफ्नो ठाउँवाट कोरोना विरुद्ध डटेर लागि परौं । सवैले काँधमा काँध मिलाउँ¸होष्टमा हैंसे गरौं । यसो गरेमा कोरोनाको हार र मानवजातिको जीत अवश्यम्भावी छ । उपाध्यक्ष – मालिका गाउँपालिका

Leave a Reply