पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने भिटिएम उपकरण खरिद गर्न उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गदैं अध्यक्ष पुनले लकडाउनको पालना सहित सरकारको कोरोना बिरुद्धको अभियानमा समाजले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री गुरुङले ब्यक्तिगत तथा सामाजिक संघसंस्थाको सहयोगले समेत ठूलो राहत मिल्ने बताउनुभएको थियो । कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन, पुन समाजका केन्द्रिय उपाध्यक्ष खिमन पुन, सचिव नारायण पुन, पुन समाज पोखराका उपाध्यक्ष दुत बहादुर राम्जाली, सचिव चन्द्रप्रकाश राम्जाली लगायतको उपस्थिती रहेको थियो । यसैबीच लकडाउनले समाजमा आवद्ध कोही समस्यामा परेमा सम्पर्क गर्न समेत समाजले अनुरोध गरेको छ । समाजले समाजका गतिविधि बाहेक मानवीय, सामाजिक, विकासनिर्माण सहित विभिन्न गतिविधिमा सहयोग गर्ने गरेको छ।

Leave a Reply