बैदेशिक रोजगारबाट फर्किएका सबैको कोरोना भाईरसको द्रुत जाँच (र्‍यापिड टेष्ट) मा रिर्पोट नेगेटिभ आएको छ।

जिल्लाभित्र कोरोना संक्रमण फैलन नदिनका लागि उच्च सतर्कतासँगै चैत्र महिनाभित्र आएकालाई स्थानीय तहमा बनाइएको क्वारेन्टानइ तथा होम क्वारेन्टाइनमा बसेकाहरूलाई विभिन्न स्थानीय तहको केन्द्रमा आरडिटी टेष्ट गरिएको थियो ।

बेनी नगरपालिकामा ३६ जना, मालिका र धवलागिरी गाउँपालिका १९ जना, मंगला गाउँपालिका २६ जना, अन्नपूर्णमा १० जना र रघुगंगा गाउँपालिकामा ३९ जना गरी १ सय ३० जनाको आरडिटी टेष्ट गरिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य एवम् नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री सुरत केसीले बताउनुभयो ।

उहाँले रघुगंगाको २ जना र बेनी अस्पतालबाट १ जनाको स्बाब परीक्षणको लागी नमुना संकलन गरिएको बताउनुभयो ।

यसअगाडी आरडिटी टेष्टको क्रममा संकलन गरिएको स्वाब पुनः परीक्षणका लागि पोखरा पठाइएको ११ जनाको पिसीआर जाँचमा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लामा विदेशबाट आएका वा कोरोनाको लक्षण देखिएका बिरामीलाई बेनी अस्पतालमा आरडिटी टेष्ट गरिने जनाइएको छ।

Leave a Reply