बागलुङको ताराखोलाबाट म्याग्दीको बरंजा प्रवेश गरेकालाई फिर्ता पठाइएको छ। ताराखोला गाउँपालिका-५ बाट बेनी नगरपालिका–४ थामडाँडामा रहेका आफन्तकोमा आउँदै गरेका तीन महिला र दुई बालबालिकालाई महेन्द्ररत्न माविका प्रधानाध्यापक कृष्णलाल सापकोटा र नेपाल युथ काउन्सिल सदस्य हरि कँडेलको उपस्थितीमा फिर्ता पठाइको थियो । करिव एकदिनको यात्रा गरी बरंजा प्रवेश गरेका महिलालाई लकडाउनको अवधिमा गाउँमा प्रवेश गर्न नदिने निर्णयका बारेमा जानकारी गराउँदै अर्को सूचना जारी नहुदाँसम्म मंगला गाउँपालिकाको कुनैपनि रुटको प्रयोग नगर्न अनुरोध गरेको काउन्सिलका सदस्य कँडेलले बेनीअनलाइनलाई बताए ।

उहाँहरुलाई अहिलेको अवस्थामा घरमै बस्नुपर्ने सन्देश सहित फिर्ता पठाइयो,‘अर्झैपनि सिमानाबाट लुकिछिपी आउने क्रम रोकिएको छैन’ उनले भने । एकपटक सम्झाएर पठाइएको स्थानीयले बताएका छन् । बागलुङमा दुईजनामा कोरोनाको संक्रमण देखिएपछि म्याग्दीको मंगला र बागलुङको ताराखोलाले पैदल, सवारीसाधन, पैदलमार्गबाट आवतजावतमा पूर्णरुपमा रोक लगाउँदै सिमाना आवतजावत गर्नेलाई ५ हजार नगद जरिवाना गरिने गरेको थियो ।जनप्रतिनिधिले नाका सिल गरेको अवस्थामा आवतजावत नगर्न पटकपटक अनुरोध गरेका छन्।

Leave a Reply