---Advertisement---

भारतको तमिलनाडुबाट पर्वतबेनीमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखियो

On: April 15, 2020 10:26 PM
Follow Us:

भारतको तमिलनाडुबाट आएका ९ जनालाई जलजला गाउँपालिका–४ लुङ्दीमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले सूक्ष्म निगरानी बढाइरहेको अवस्थामा पर्वतबेनीमा रहेका आफन्तको घरमा बस्न आएको जानकारी पाएपछि स्थानीय र जनप्रतिनिधिको सहयोगमा प्रहरीले लुङ्दीको विद्यालयमा निर्मित क्वारेन्टाइनमा राखेको वारीबेनी प्रहरी चौकीका इन्चार्ज भरत गौतमले बेनीअनलाइनलाई जानकारी दिए ।

‘अपरिचित मान्छे प्रवेश गरेको खवर पाएलगत्तै खोजीकार्यमा जुटेका थियौं,‘लुकिछिपी आएको देखिन्छ’ उनले भने । जलजला–८,नाग्लीबाङ स्थायी घरभई करिब एकदशक भारतमा मजदुरी गर्ने गरेको अवस्थामा गत चैत्र ४ गते नेपालमा प्रवेश गरेका थिए ।

भारतबाट कुस्मामा आएर बसेका लक्की परियार, जगत परियार लगायत ९ जनाको साथमा रहेको खाद्यान्न सकिएपछि कुस्माबाट विहान र रातको समयमा लस्तीस्थीत धने परियारको घरमा एकदिन बसेर बारीबेनी आफन्तलाई भेट्न आएको लक्की परियारको भनाई उद्धित गदैं प्रहरीले जनाएको छ ।

भारतमा कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा आफन्तमा बस्दै आएकालाई क्वारेन्टाइनमा राखेर आवश्यक स्वास्थ्य परीक्षण गरिने जलजला गाउँपालिकाले जनाएको छ । उनीहरुले स्वास्थ्यमा खासै समस्या नदेखिएको बताएपनि स्वास्थ्यकर्मीको टोलीले कोरोना भाईरसको द्रुत जाँच (र्‍यापिड टेष्ट) गरी स्बाब परीक्षणका लागि आवश्यक परेमा पोखरा पठाउने जनाइएको छ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।