बेनीबजारको सडकमा सुत्ने घरबारविहीन ८ जनालाई उद्धार गरिएको छ । कोरोना भाइरसको जोखिम र भोकभोकै बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बजार क्षेत्रबाट जिल्ला प्रशासन, प्रहरीको सक्रियतामा उद्धार गरी खुल्लामञ्चमा राखिएको छ । लामो समयको लकडाउनले बेनीबजार सुनसान जस्तै भएको अवस्थामा बेवारिसे अवस्थामा रहेकालाई खुल्लामञ्चमा राखेर नियमित खाना, सुत्ने र बस्ने ब्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । प्रहरीलाई नेपाल यूथ काउन्सिलले समेत उद्धारमा सहयोग गरेको थियो ।

लकडाउनको समयमा घर बाहिर सुत्ने गरेकाहरुलाई उचित ब्यवस्थापन आवश्यकता रहेकाले तत्काल लिटल गार्डेन एकेडेमीका संस्थापक बालकृष्ण सुबेदीले खाना तथा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, उद्योगपति प्रमोद श्रेष्ठले सुत्ने म्याट लगायत उनीहरुलाई खुल्लामञ्चबाट बजारमा नआउने गरी आवश्यक सहयोग गरिएको छ। सडक क्षेत्रमा देखिएका केहीलाई आफ्नो घरको परिचय दिएमा निशुल्क पुर्याउने बताएपनि जान आनकानी गरेपछि तत्काललाई अर्को ब्यवस्थापन नहुदाँसम्म खुल्लामञ्चमै राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । कोरोना संक्रमणबाट जोगाउन बिरामी अवस्थामा रहेकालाई आवश्यकता अनुसार उपचार समेत गरिने छ।

मानसिक स्वास्थ्यमा समस्या भएका मानिसहरु नभएकाले एकै ठाउँमा राखेर प्रहरीले आवश्यकता अनुसार सहयोग समेत गर्ने जनाइएको छ । बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै बेनीबजारका यूवाहरुले समेत विभिन्न रचनात्मक कार्यहरु गरिरहेका छन् । तस्वीर सौजन्य छवि आचार्य

Leave a Reply