बागलुङ जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै तेस्रो पटकमा उनलाई संक्रमण नभएको पाइएको छ ।

कोरोना संक्रमण भए पछि आज (बिहिबार) पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । ४ चैतमा बेल्जियमबाट कतारको दोहो ट्रान्जिट भएर आएकी उनलाई चैत २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती महिलाको दोस्रो स्वाब रिपोर्ट भने पोजेटिभ आएको थियो ।२४ घण्टामा पुनः चौथो पटक स्वाब परिक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख गुरौले जानकारी दिनुभयो । उहाँले उक्त रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिने बताउनुभयो ।

उनी अहिले धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचाररत रहेकी छिन् । यस्तै उनीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ । उनलाई चैत १६ गते भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई भाइरसदेखिएपछि मात्र ६५ बर्षिया महिलाको नमुना परिक्षण गरिएको थियो ।

Leave a Reply