कोरोना भाइरसविरुद्ध लड्न सरकारले गरेको लकडाउनले बेनीबजार दिउँसै सुनसान जस्तै हुन्छ । सधै चलहपहल हुने बजारका चोक–गल्लीका केहीले पशुचौपायालाई लक्षित गरी सडकमा घाँस समेत फाल्न थालेका छन् । पशुचौपायाहरू मर्न थालेपछि रोग र भोकले हुनसक्ने भन्दै केही यूवाको प्रयासमा सुरू भएको अभियानमा बजारबासीले साथ दिएकाले सहज भएको छ । तीनसाता लामो लकडाउनमा सडकमा पशुचौपायाजस्तै कुकुरको पीडालाई समेत मध्यनजर गरी एक दम्पत्तीले भुस्याह कुकुरलाई जिल्ला प्रशासनसँग अनुमति मागेर बेनीबजार भित्रका चोक–चोक, गल्लीमा पुगेर मासु खुवाएका छन् । बेनी नगरपालिका–८, क्याम्पसचोकका मिलन बानियाँ, टिना राजभण्डारी बानियाँले स्कुटीमा बजारभरी छरिएका कुकुरलाई मासु खुवाएको बताए । ‘लकडाउन अगाडीजस्तै कुकुरलाई सहज छैन्,‘फ्रेस हाउस आसापासमा छपक्कै देखिने कुकुरहरु अहिले भोकभोकै छन्’ मिलनले भने ।

एलजी शोरुका बेनीमा प्रोपाईटर समेत रहेका उनले छाडा छोडिएका कुकुरलाई पहिलो दिन करिव १० केजी मासुलाई तातोपानीमा उमालेर खुवाएको बताए ।  ‘लकडाउन थपिएको छ,भोका कुकुरले टोक्न सक्छन्’ उनले भने । मासु पसल, होटल लगायत धेरै चलहपहल हुने ब्यवसाय बन्द भएकाले श्रीमतिको अनुरोधमा बजारभित्र रहेकालाई खुवाउने अभियानमा सहभागी भएको बताए । ‘हामी जनावरप्रेमी हौं,‘यो अभियानमा अझै सक्रिय हुन्छौ’ टिना राजभण्डारीले भनिन् उनले बजारमा घरभित्र कुकुर पाल्नेहरुले सडकमा भौतारिएका कुकुरलाई भोकै बस्न दिन नहुने बताईन् । बजारमा कुकुर आतंक धेरै भएपनि कोरोना भाइरसको जोखिमले घरभित्रै बस्नुपर्दाको अवस्थामा अर्को ब्यवस्थापन नहुदाँसम्म घरमा फालेको खानेकुरा दिनुपर्ने राजभण्डारीको भनाई छ । लकडाउनको अवधिमा कुकुरलाई खुवाउने योजनामा रहेका उनीहरुले आफ्नो रघमा बचेको खाना फाल्नुभद्या कुकुरलाई खुवाउन समेत अनुरोध गरेका छन् । बेनीबजारमा लायन्स क्लव बेनी पिस सिटीले पशुचौपायालाई केही दिनको फरकमा दाना खुवाउँदै आइरहेको छ ।

Leave a Reply