महामारीको रूपमा विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) एक घातक रोग हो। शुरुमा यो कोरोना भाइरस चीनको बुहान शहरमा देखा परेको थियो । हाल यो महामारीको रुपमा विश्वका सबैजसो राष्ट्रहरुमा फैलिसकेको छ ।
यो लेखिरहँदा सम्म २२ लाख भन्दा बढी मानिस संक्रमित र १ लाख ३० हजार मानिसको मृत्य भैसकेको छ । थप ४ लाखजति मानिसको सफल उपचार पनि भएको छ । यो महामारीले यतिबेला बिश्व आछुआछु पारेको बेला हामी नेपालीहरुमा पनि संक्रमित भएको खबर संसारभरबाट आइरहेका छन् ।
हाल सम्म विश्वभरी १५सय नेपालीमा यो रोग देखीएकोमा अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने अमेरिकामा यहि घातक कोरोनाले ८ नेपालीको मृत्युको खबर आएको छ ।
यस प्राणघातकबाट मेरो कर्म थलो जापानमा अहिलेसम्म २ जना नेपाली संक्रमित फेला परेका छन् । पछिल्लो अवस्थामा जापानमा पनि यो संक्रमण दिनकै बढेको रिपोर्टहरु आइरहेका छन्।
जापानमा मात्रै अहिले संक्रमितहरुको संख्या १० हजार नाघिसक्यो भने मर्नेहरु पनि लगभग २०० जनाको हाराहारीमा पुगेको छ । कोरोनाले कसैलाई पक्षपात नगरी समान रुपमा आफ्नो प्रभाव देखाईरहेको छ ।
अहिलेको अवस्थामा हामीले के गर्ने त ?
हाल नेपाल सरकारले जारी गरेको लकडाउन को पालना नगरेको देखदा यो बिपतले नेपालमा महामारी रूप लियो भने के हुने हो त्यो म पर्देसमा बसेर सोच्न सकेको छैन । त्यही भएर अहिलेलाई घर भित्र बसांै र बाचियो भने पछि रमाइलो गर्ने , मिठो मसीनो खाने हाम्रो प्राथमिकता भए पनि पहिला स्वास्थ्य नै सम्पति हो भन्ने कुरालाई मनन गर्न जरुरी छ ।
हाल प्राय कामहरु बन्द भैरहेका छन् भने अधिकांस कामहरु बन्द हुने अवस्थामा छन् । त्यसैले हामीहरु काम बन्द भयो, अब के गर्ने कहाँ जाने भनेर बढी चिन्तित र तनाव लिइरहेका छौ । प्राय जसो मानिसहरु घर बस्न थालेको छौ ।
हो हाम्रो समस्याहरु अनेकन छन् तर यो मौका छोप्ने समय पक्कै पनि होइन । यदि हामीनै कोरोनाबाट संक्रमित भयौ भने कम्तिमा पनी १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ र भोलिको दिनमा आइपर्ने जोखिममा कोहि पनि पछुताउनु नपरोस् ।
यदि कोरोनाकै कारण मृत्युवरण हुन पुग्यौं भने यो कुनै कालगतिले होइन अकालको मृत्यु हुनेछ र यदि यस्तो भइहाल्यो भने हाम्रो पार्थिव शरीरलाई हाम्रा आफन्तजन साथीभाईहरुले छुन त के हेर्न सम्म पनि पाउने छैनन् ।
त्यसैले केहि समयको लागि हामी सबैले सावधानी अपनाउनै पर्छ । कामहरु सबै बन्द भएको अवस्थामा घर भाडा,पानी, बिजुली, ग्यास, मोबाइल आदिको समस्या कसरी टार्ने भन्ने होला तर यो एक या दुइ जनाको समस्या नभई सबै विदेशीहरुको साझा समस्या हो ।
जहाँ समस्या त्यहाँ समाधान पनि पक्कै हुन्छ । त्यसैले आत्तिनु र तनाब गर्नु जरुरी छैन । जरुरी सावधानी अपनाई आफु सुरक्षित रहनु हो ।
यो भाइरसले को ठुलो को सानो, को धनी को गरिब छुट्याउँदैन । त्यसैले सावधानी अपनाई सुरक्षित रुपमा घरमा बस्नु नै अहिलेको लागि एकमात्र औषधि हो ।हाल सम्म यो रोगको कुनै औषधि वा भ्याक्सिन विकास हुन सकेको छैन । यो कुनै दीर्घकालिन रोग होइन । यसलाई निर्मुल पार्न सारा विश्व लागि परेका छन् र एक दिन अवश्य सफलता मिल्ने नै छ ।
हाल जापानमा पनि संक्रमितहरुको संख्या तिब्र रुपमा बढेसँगै जापानी प्रधानमन्त्री शिन्जो आबेले जापानको टोकियो सहित सबै प्रान्तमा सङ्कटकालको घोषणा गरेको छ ।आपतकाल (संकटकाल) भइसकेको हुनाले नआत्तिकन संयमता अपनाई जापान सरकारले निर्देस गरेका कुरालाई पालना गरी आफु र आफन्तजनको सुरक्षाका उपायहरु अबलम्बन गर्न जरुरी छ । यो अवस्थामा स्टे होम नै एक मात्र अचुक औषधि हो र यसलाई सकेसम्म पालना गरौं र गराऔं ।
आज सम्म यो बिपत देखी मेरो जन्म ठाऊ ज्यामरुकोट र जन्म जÞिल्ला म्यागदी देखी जापान आऊनु भएको कोही कसैलाई यो भाइरसले छून सकेको छैन र आऊने दिनमा पनी हामी सबै सजक भएमा छूने पनी छैन । हाल जापान सरकारले लागू गरेको संकटकाल को पालना गरौ सके सम्म घर बाहिर नजाऊ ।
आफू पनी बचौ अरुलाई पनी बचाऊँ
सागर कार्की
कोषाध्यक्ष एनआरएनए जापान क्षेत्रिय कार्यसमिती कान्तो तथा
सदस्य मोना जापान