सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला विपद् ब्यवस्थापन कोषमा साढे दुई लाखभन्दा बढी सहयोग जम्मा गरेको छ ।

म्याग्दीमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण,उपचार तथा राहत वितरणका लागि बनाइएको कोषमा नेकपाले २ लाख ५७ हजार ८३३ रुपैयाँ सहयोग गरिएको नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो । ‘मजदुर र निम्मबर्गलाई राहत वितरणमा सहज होस् भनेर सहयोग गरेका छौ,‘कोरोना बिरुद्धको अभियानमा सँगै छौ’सचिव श्रेष्ठले भन्नुभयो ।

कोभिड १९ सँग जुध्न जिल्लाका स्थानीय तहलाई उक्त सहयोगले राहत वितरणमा सहज हुने अपेक्षा गरिएको नेकपाले जनाएको छ । जिल्लामा राजनीतिकको तर्फबाट कोषमा सहयोग जम्मा गर्नेमा नेकपा पहिलो भएको छ ।

Leave a Reply