म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखका विपन्न परिवारलाई शिख्तानी समाज पोखराले राहत वितरण गरेको छ ।

महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेका वडा कार्यालयसँग समन्वय गरी साविकको शिख गाविस वडा नं १–५ का विपन्न बर्गलाई समाज पोखराका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलन भएको आर्थिकले सहयोग हस्तान्तरण गरिएको हो ।

शिखबाट पोखरा गएका २ सय ६० घरधुरीले आर्थिक संकलन गरी शिखमा ४४ घरधुरी, तत्लो शिख २०, फलाटेमा २५, स्वाँतमा ८ र किन्दुमा १२ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार तिलिजा, वडास सचिव तुलबहादुर रन्तिजा,सुधार समितिका संयोजक निल वहादुर पुन, महिला सदस्य दिर्जु रन्तिजा, शिक्षक बेग बहादुर तिलिजा, आमा समूह अध्यक्ष मिना तिलिजा, अमर राना, गोविन गुरुङ, डिलकुमारी पाइजाले वितरण गरेका थिए ।

सोही अवसरमा राहत प्याकेज स्वरूप ७० पोका चामल, १४० केजी चिनी, १४० केजी नुन, १४० लिटर तेल र ७० केजी मस्यौरा रहेको र उक्त राहत सामग्री समाजका अध्यक्ष तिलिजाले वडाध्यक्ष तिलिजालाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोगलाई जनप्रतिनिधि र टोल सुधार समितिले हस्तान्तरण गर्न जनाइएको छ । सेते तिलिजा

Leave a Reply