A view of Dhaulagiri mountain is seen in the background of Ghorepani village, a tourist destination in Annapurna Rural Municipality-6 of Myagdi district, on Friday, October 27, 2017. Photo: RSS

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ ।

अन्नपूर्ण पदमार्ग अन्तरगत कास्कीबाट म्याग्दी प्रवेश गरेका ५१ बर्षिय GUOHONG HUN र उनकी साथी ४७ बर्षिया SUANFEN LIANG लाई घोरेपानीको होटलबाट प्रहरीले अन्नपूर्ण–२, भुरुङ तातोपानीको क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए।

‘खाने खर्च समेत नभएको भेटियो,‘उनीहरूको ट्राल्भल हिष्ट्री बुझ्दै छौ’ प्रनाउ कुँवरले भने । उनले चिनियाँ पर्यटकहरू लकडाउन अगाडी नै आएको र स्वास्थ्यमा कुनैपनि समस्या नदेखिएको बताए ।

कास्कीका विभिन्न पदमार्गबाट समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकन गर्ने योजना अनुसार उनीहरू घोरेपानीमा प्रवेश गरेको बताइएको छ ।

यसअगाडी समेत लकडाउन सुरु भएपछि रघुगंगा गाउँपालिका–१ बेगबाट प्रहरीले उद्धार गरी सदरमुकाम बेनीमा ल्याएको थियो ।

लकडाउनमा यातायातका साधन नचलेको र स्थानीयले समेत अपरिचितलाई बास बस्न नदिँदा अलपत्र अवस्थामा उद्धार गरिएकालाई चिनियाँ दुतावासको सम्पर्कमा पठाइएको छ । चीन महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ को उद्गमस्थल भएकोले चिनियाँ पर्यटकदेखि त्रसित हुने गरेको पाइन्छ।

Leave a Reply