म्याग्दी मुस्लिम समाज सेवा समितिले सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा म्याग्दीबाट कोहीपनि नगएको जनाएको छ ।

सामाजिक सञ्जालमा म्याग्दीमा मुस्लिमहरूलाई समेत जोडेर आएको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त सम्मेलन सिया मुस्लिमहरुको जमातिको भएकाले आफुँहरु उक्त समुहमा नपर्ने म्याग्दी मुस्लिम सेवा समितिका अध्यक्ष रहमद खाँ ले बेनीअनलाइनलाई बताउनुभयो ।

उक्त सम्मेलन सिया समुदाय अन्तरगत तबलिक जमातिहरुको भएकाले म्याग्दीका बस्नेहरु उक्त समुदायसँग कुनै किसिमको धार्मिक सम्पर्कमै नहुने भएकाले कोरोना भाइरस बिरुद्धको अभियानलाई सफल बनाउन सबै घरभित्रै सुरक्षित रहेको बताउनुभयो । शिया र सुन्नी गरी दुई समुदायमा बाँडिएका छन् ।

सिद्धान्त, कानुन, परम्परा, धर्मशास्त्र र धार्मिक संगठन नै फरक छ । विश्वभर सिया र सुन्नी मुसलमानहरूको आफ्नै धार्मिक सम्मेलन तथा परम्परा भएकाले समुदायमा परेको भ्रमबाट मुक्त हुन समेत समाजले अपिल गरेको छ ।‘हाम्रो समुदायसँग सम्मेलनमा जानेहरुको कुनै सम्बन्ध छैन्,‘अनावश्यक हल्लाको पछाडी नलाग्नुहोला’ खाँ ले भन्नुभयो ।

सुन्नी समुदाय अन्तरगत म्याग्दी र पर्वत बेनीमा रहेका घरधुरीबाट पछिल्लो समय कोही पनि जिल्ला बाहिर नगएको समाजले जनाएको छ। विदेशबाट आएकालाई समेत प्रशासनसँग समन्वय गरी क्वारेन्टाइनमा राखेर, टेष्ट समेत गरिएको समाजले जनाएको छ ।

समाजले लकडाउनमा पर्वतबेनीमा रहेको मस्जित समेत बन्द गरेको छ । म्याग्दी तथा आसपासका क्षेत्रमा करिव १ सयबर्ष अगाडी भित्रिएका मुस्लिम समुदायहरू मध्ये अहिले करिव ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन्। File photo

Leave a Reply