कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा सघाउन तथा कृतिम स्वास्प्रस्वास गराउने उपकरणको अभाव मेट्न बेनी अस्पताललाई दुईवटा बाईप्याप मेसिन सहयोग गरिने भएको छ ।

अभियानमा मोना स्पेनले एउटा मेसिन खदिर गर्न साढे २ लाख र बेनीस्थित लायन्स क्लवका साथै जिल्ला बाहिर रहेकाबाट साढे दुई लाख जुटाई पाँच लाखमा दुईवटा मेसिन खरिद गरिने आर्थिक संकलन अभियानका संयोजक चन्द्रकुमार केसीले बेनीअनलाइनलाई बताए ।

‘तीनदिनभित्र पाँच लाख जुटाएका छौ,‘अब चिकित्सकले नै खरिदमा सघाउनुहुन्छ’ केसीले भने । दम, कोरोना भाइरसको संक्रमितलाई छातीको संक्रमण हुदाँ सास फेर्न समस्या हुने गरेको अवस्थामा उक्त मेसिनको प्रयोग हुन्छ ।

स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई सहजता दिलाउने आवश्यक पर्ने उपकरणको सहयोगले सहज भएको बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताए ।

जिल्लाको सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रसम्म दमका रोगी र सास फेर्न समस्या भएका बिरामीलाई अक्सिजनको सिलिन्डरसँगै अस्पतालमा समेत नियमित आउनुपर्दा समस्या हुने गरेको थियो । उपकरण खदिरमा केही रकम धेरै भएकाले उक्त रकमलाई भ्यान्टिलेटर खरिदमा प्रयोग गरिने छ ।

बेनि अस्पतालका लागि BiPAP मेसिन खरिद गर्नका लागि सहयोग

१. मोना स्पेन -२,५०,०००/- १ सेट

२. लायन चन्द्र कुमार के सि -३०,०००/-

३. लायन सन्तोष रावल -१०,०००/-

४. लोकनाथ पौडेल – २०,०००/- ( न्युजिल्याण्ड)

५. लायन सुबास भण्डारि – १०,०००/- ( मुना- म्याग्दी , हाल काठमाडौ)

६. लायन पदमलाल सापकोटा- ५,०००/- ( बरङ्ग्जा- हाल काठमाडौ )

७. लायन्स क्लब अफ बेनि म्याग्दी- ४५,०००/-

८. डाक्टर दिवस कटुवाल -१०,०००/- ( अर्थोपेडिक सर्जन- बेनि हाल पोखरा)

९. लायन्स क्लब अफ म्याग्दी दोभान -३०,०००/-

१०. लायन्स क्लब अफ बेनि मल्लाज – ३०,०००/-

११. लायन्स क्लब अफ बेनि पिस सिटि -३०,०००/-

१२. लायन्स क्लब अफ बेनि महारानी -३०,०००/-

१३. लायन्स क्लब अफ बेनि सिटि -३०,०००/-

 

Leave a Reply